युनाइटेड मोदी हाइड्रोपावरले सर्वसाधारणलाई सेयर निष्कासन अनुमति पायो , १७ करोड २५ लाखको सेयर बजारमा आउँदै

    1509

    काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर निष्कासनको स्वीकृत पाएको छ ।

    धितोपत्र बोर्डले युनाइटेडलाई १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन अनुमति दिएको हो । यो रकम चुक्तापुँजीको १५ प्रतिशत हो । यसअघि आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत सेयर निष्कासन अनुमति पाएको कम्पनीले पुनः सर्वसाधारणका लागि सेयर निष्कासन अनुमाति पाएको हो ।

    युनाइटेडले आयोजना प्रभावित स्थानियबासिन्दालाई ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको स्वीकृति पाइसकेको छ ।

    १० प्रतिशत स्थानीय, १५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत प्रवद्र्धक सेयर हुने छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल क्यापिटल मार्केटस लिमिटेड रहेको छ । सर्वसाधारण र स्थानियबासिन्दालाई गरी कुल २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निश्कासन हुने भएको छ ।

    साढे १० मेगावाट क्षमताको तल्लो मोदी आयोजना सञ्चालन गरिरहेको युनाईटेडले पुनः १० मेगावाट क्षमताको तल्लो मोदी २ आयोजना निर्माणको तयारी गरेको छ । अर्को आयोजना सम्पन्न भएपछि जडित क्षमता साढे २० मेगावाट पुग्ने छ ।

    स्रोत:बाह्रखरी