युनाइटेड मोदीले साढे ११ लाख कित्ता सेयर निष्कासन गर्ने

    1423
    निजी क्षेत्रबाट प्रवद्र्धित युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले मोदी आयोजना प्रभावित स्थानीयलाई ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । धितोपत्र बोर्डले निष्कासन अनुमति दिइसकेकाले कम्पनीले कुल पुँजीको १० प्रतिशत सेयर स्थानीयलाई दिन लागेको हो ।
    भदौ अन्तिममा स्थानीयलाई सेयर निष्कासनको तयारी भएको कम्पनीका प्रबन्ध निर्देशक सुधीरप्रसाद तिमल्सिनाले बताए । स्थानीयलाई सेयर दिएपछि थप १५ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने उनले जानकारी दिए । त्यसपछि कम्पनीमा १० प्रतिशत स्थानीय, १५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत प्रवद्र्धकको सेयर हुनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड चयन भएको छ ।
    सर्वसाधारण र स्थानीयलाई गरी २८ करोड रुपैयाँबराबरको २८ लाख कित्ता सेयर निष्कासन हुने भएको छ । कम्पनीले पर्वतमा १० मेगावाट क्षमताको तल्लो मोदी आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । त्यस्तै, युनाइटेडमार्फत् साढे १० मेगावाट क्षमताको अर्को मोदी आयोजना निर्माणको तयारी भइरहेको छ । अर्को आयोजना सम्पन्न भएपछि कम्पनीको जडित क्षमता साढे २० मेगावावट पुग्नेछ ।
    @ बाह्रखरी