माथिल्लो मस्र्याङ्दी बन्द

    2473

    upper-marsyangdiलमजुङ १३ जेठ – पटक–पटक अवरोध खेप्दै आएको निर्माणाधीन माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण पुनः बन्द भएको छ ।
    आयोजना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेको भन्दै स्थानीयले आयोजनाको पूर्वाधार निर्माणकार्य दुई दिनपहिलेदेखि बन्द गराएका छन् । खुदिर र भुलभुलेको बीचमा निर्माणाधीन ५० मेगावाट क्षमताको सो आयोजना निर्माणस्थलमा चट्टान फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्दा आसपासका घरहरूमा क्षति पुगेको भन्दै स्थानीयले अवरोध गरेका हुन् । उनीहरूले यसको क्षतिपूर्तिसमेत मागेका छन्, तर जलविद्युत् क्षेत्रहरूमा बन्द नगर्ने प्रतिबद्धता जनाएका जिल्लातहका राजनीतिक दलका नेता तथा स्थानीय प्रशासन भने मौन छन् ।
    विस्फोटक पदार्थको प्रयोगबिना आयोजनाको निर्माणकार्य गर्न निकै गाह्रो हुने आयोजनाले बताएको छ । यद्यपि विस्फोटक पदार्थको दुरुपयोग हुन नदिन बेसीसहरस्थित नेपाली सेनाले दैनिकजसो आयोजना स्थलमा पुगी कडा निगरानी राख्ने गरेको बताइएको छ । अहिले आयोजनाले पूर्वाधार निर्माणको कार्य अघि बढाइरहेको छ ।
    यसअघि स्थानीयले स्थानीय क्षेत्रमा विकास र सीपमूलक तालिमको व्यवस्था गरिनुपर्ने, स्थानीयवासीलाई रोजगारी दिनुपर्ने, स्थानीय स्रोत–साधनको अधिकतम प्रयोग गरिनुपर्ने, कामदारको न्यूनतम तलब तोक्नुपर्ने, सरोकार समिति गठन गर्नुपर्ने, दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने माग राखी निमाणकार्यमा अवरोध गरेका थिए । त्यस्तै मजदुरहरूले पनि दैनिक ज्याला ६ सय ५० हुनुपर्ने, काममा आवश्यक उपकरण उपलब्ध गराउनुपर्ने, लेबर क्यानहरू उपलब्ध गराउनुपर्ने, सार्वजनिक बिदा र पानी परेर काम नभएको समयमा पनि आठ घण्टाको तलब पाउनुपर्नेलगायतका विविध माग आयोजनासमक्ष राख्दै काममा अवरोध गरेका थिए । अहिले आयोजनामा १ सय ५० जना मजदुर कार्यरत छन् ।
    लगानीमैत्री र सुरक्षाको प्रत्याभूति दिलाउँदै लमजुङ जिल्लालाई जलविद्युत्मय बनाउन सबै राजनितिक दल, सरोकारवाला निकाय र प्रवद्र्धकहरूबीच कुनै पनि जलविद्युत् आयोजनाको निर्माणमा अवरोध गर्न नदिने सहमति भएको भएपनि पटक पटक सो आयोजनाले अवरोध झेल्दै आएको छ ।
    २०७३ असोजदेखि व्यापारिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजना चाइनिज कम्पनी सिनो हाइड्रोको ९० र सगरमाथा हाइड्रोपावरको १० प्रतिशत लगानीमा निर्माण हुन लागेको हो । रन अफ द रिभर प्रविधिमा बन्न लागेको सो आयोजना निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । आयोजना पाँच

    प्रस्तुति: कारोबर