माथिल्लो त्रिशूली थ्री ‘ए’को ऋण म्याद थपिएन

    1173

    नुवाकोट : विद्युत् प्राधिकरणले नुवाकोट र रसुवाको सिमानामा निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको चार दशमलव एक किलोमिटर सुरुङ निर्माण पूरा भएको छ। नुवाकोट सदरमुकाम विदुरदेखि १५ किलोमिटर उत्तर त्रिशूली नदी किनारमा रहेको आयोजनाको सन् २०११ जुनदेखि काम सुरु गरिएको थियो। समयसीमाअघि सुरुङ खन्ने काम सकिएको आयोजना प्रमुख फणीन्द्र जोशीले बताए। चीनको एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु भएको हो। तर चीनले ऋणको म्याद नथपेका कारण आयोजनाको पूर्वाधार निर्माणमा समस्या परेको छ। आयोजनामा एक सय ५० चिनियाँसहित तीन सय ५० जना कामदार कार्यरत छन्।

    सन् २०१९ अप्रिल ३० तारिखसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको काम अहिले ६५ प्रतिशत पूरा भएको आयोजना प्रमुख जोशीले जानकारी दिए। आयोजनाको प्रसारण लाइनमा रहेका एक सय ४२ वटा टावरमध्ये ९२ वटाको निर्माण पूरा भएको र सामुदायिक वनक्षेत्रभित्रका २६ मध्ये २५ वटाको निर्माण तयारी गरिएको उनको भनाइ छ।

    भूकम्पले रोकिएको आयोजनाको निर्माण सन् २०१७ को मार्चबाट मात्र पुनः सुरु भएको थियो। सेप्टेम्बर २५ सम्ममा सरकारले उक्त आयोजनाको सुरुङ खन्ने काम सक्न समयसीमा तोकेको थियो। चार दशलमव एक किमि लामो सुरुङमध्ये भूकम्प आउनुअघि ३ दशमलव ८९ किमि खनिसकिएको थियो। भूकम्पका कारण झन्डै २ वर्ष काम रोकेको ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) गत साउनबाट मात्र पूर्ण रूपमा काममा फर्किएको थियो। भूकम्पले सडक बिग्रेपछि निर्माण कार्य रोकिएको थियो। निर्माण कम्पनीले अहिले विद्युत् गृहको संरचना निर्माणको काम गरिरहेको छ।

    नुवाकोट : विद्युत् प्राधिकरणले नुवाकोट र रसुवाको सिमानामा निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको चार दशमलव एक किलोमिटर सुरुङ निर्माण पूरा भएको छ। नुवाकोट सदरमुकाम विदुरदेखि १५ किलोमिटर उत्तर त्रिशूली नदी किनारमा रहेको आयोजनाको सन् २०११ जुनदेखि काम सुरु गरिएको थियो। समय सीमाअघि सुरुङ खन्ने काम सकिएको आयोजना प्रमुख फणीन्द्र जोशीले बताए। चीनको एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु भएको हो। तर चीनले ऋणको म्याद नथपेका कारण आयोजनाको पूर्वाधार निर्माणमा समस्या परेको छ। आयोजनामा एक सय ५० चिनियाँसहित तीन सय ५० जना कामदार कार्यरत छन्

    सन् २०१९ अप्रिल ३० तारिखसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको काम अहिले ६५ प्रतिशत पूरा भएको आयोजना प्रमुख जोशीले जानकारी दिए। आयोजनाको प्रसारण लाइनमा रहेका एक सय ४२ वटा टावरमध्ये ९२ वटाको निर्माण पूरा भएको र सामुदायिक वनक्षेत्रभित्रका २६ मध्ये २५ वटाको निर्माण तयारी गरिएको उनको भनाइ छ।

    भूकम्पले रोकिएको आयोजनाको निर्माण सन् २०१७ को मार्चबाट मात्र पुनः सुरु भएको थियो। सेप्टेम्बर २५ सम्ममा सरकारले उक्त आयोजनाको सुरुङ खन्ने काम सक्न समयसीमा तोकेको थियो। चार दशलमव एक किमि लामो सुरुङमध्ये भूकम्प आउनुअघि ३ दशमलव ८९ किमि खनिसकिएको थियो। भूकम्पका कारण झन्डै २ वर्ष काम रोकेको ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) गत साउनबाट मात्र पूर्ण रूपमा काममा फर्किएको थियो। भूकम्पले सडक बिग्रेपछि निर्माण कार्य रोकिएको थियो। निर्माण कम्पनीले अहिले विद्युत् गृहको संरचना निर्माणको काम गरिरहेको छ।

    चीनको एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना निर्माण सुरु भएको हो। तर चीनले ऋणको म्याद नथपेका कारण आयोजनाको पूर्वाधार निर्माणमा समस्या परेको छ।

    विद्युत् गृह र प्रसारण लाइनको काम ७० प्रतिशत पूरा भएको आयोजनाले जानकारी दिएको छ। भूकम्पले नुवाकोटको सिम्लेदेखि रसुवाको डाँडागाउँसम्म ५ किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो। बाटो निर्माण गरिसकेर आयोजना निर्माण अघि बढाइएको हो। भूकम्पपछि आयोजनाको दायाँबायाँ रसुवा र नुवाकोटका दुई पहाडको खोचमा काम गर्ने नेपाली र चिनियाँ कामदार काम छोडेर हिँडेका थिए। अहिले भने उनीहरू फर्किएर काममा छन्। भूकम्पका कारण आयोजनास्थल-गेर्खु-मातातीर्थ प्रसारण लाइनका एक सय ४२ वटा विद्युतीय टावर निर्माणमा समेत समस्या आएकोमा त्यो अहिले समाधान गरिएको छ।

    सन् २०१६ जुन ३० मा सक्ने लक्ष्य रहेको आयोजनाको काम तीन वर्ष ढिलाइ भएकोे आयोजनाले जनाएको छ। यही गतिमा काम गर्न सके सन् २०१९ अप्रिल ३० मा सकिने लक्ष्य रहेको आयोजनाको भनाइ छ। आयोजनाका लागि ऋणदाता चिनियाँ एक्जिम बैंकसँग लिएको पाँच वर्षे ऋणको अवधि थप गरिदिन सरकारले यसअघि नै आग्रह गरिसकेको छ।

    सरकारले यो आयोजनाका लागि आठ अर्ब ९० करोड ऋण लिएको हो। ऋण तिर्ने अवधि सुरु भइसके पनि आयोजना सकिएको छैन, जसका कारण सरकारले यसको म्याद थप गर्न खोजेको हो। तर चिनियाँ पक्ष अहिलेसम्म यसमा सहमत छैन। त्यसैले अहिले आयोजनाले निर्माण कम्पनीलाई पैसा दिन सकेको छैन। आयोजना प्रमुख जोशीका अनुसार कम्पनीलाई दिनुपर्ने ८० करोड रुपैयाँबराबरको रकम बाँकी नै छ।

    आयोजनाका लागि मनकामनाको अर्चलेदेखि काठमाडाँैको मातातीर्थसम्मको ४५ किलोमिटर प्रसारण लाइनको टावर निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ। प्रसारण लाइन क्षेत्रमा पर्ने २४ वटा सामुदायिक वनमा रहेका झन्डै १८ हजार रूख कटानका लागि टाँचा लगाइएको छ। चिनियाँ कम्पनी चाइना इन्टरनेसनल वाटर एन्ड कर्पोरेसनले प्रसारण लाइनका एक सय ४२ वटा टावर निर्माणको अनुमतिसमेत पाइसकेको छ।

    एक अर्ब ८० करोड रुपैयाँ लागतमा प्रसारण लाइनको काम भइरहेको छ। आयोजनाको विद्युत् गृह, भूमिगत सुरुङ, हेड वक्र्सलगायत संरचना निर्माण कार्य भइरहेकोमा प्रसारण लाइन निर्माण पनि मुख्य चुनौतीका रूपमा रहेको छ। एक्जिम बैंकमार्फत उपलब्ध हुने ऋण नवीकरण नहुँदा आयोजनाको काम तथा भविष्य अन्योलमा परेको छ।

    स्रोत : अन्नपुर्ण पोस्ट