मध्यमोदीको निर्माणकार्य तिहारपछि

    2716

    पर्वत, २७ असार-

    Super-Madi-Headworks मध्यमोदी जलविद्युत् आयोजना लिमिटेडले विद्युत् उत्पादन अनुमति प्राप्त गरेपछि मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य वर्षा सकिएलगत्तै सुरु हुने भएको छ ।
    पर्वतमा निर्माण हुने १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनालाई विद्युत् विकास विभागले उत्पादन अनुमतिपत्र दिइसकेको छ । विभागबाट उत्पादन अनुमतिपत्र पाएपछि आयोजनाले वर्षा सकिएलगत्तै भौतिक संरचना निर्माण सुरु गर्ने तयारी गरेको जानकारी दिएको छ ।
    आयोजनाले आगामी तिहारसम्ममा बैंकसँग लगानीको टुंगो लगाएपछि निर्माणकार्य थाल्ने प्रवद्र्धक हिमाल हाइड्रो एन्ड जनरल कन्ट्रक्सन कम्पनी लिमिटेडका महाप्रबन्धक शिवकुमार शर्माले जानकारी दिए । शर्माका अनुसार, अहिले बैंकहरूसँग लगानीका बारेमा छलफल भइरहेको छ । “बैंकसँग लगानीको टुंगो भएपछि वर्षापछि निर्माणकार्य सुचारु गर्छौं,” पीपीए र विद्युत् उत्पादन अनुमति पाएका कारण निर्माण कार्यका लागि बाटो खुलेको शर्माले जानकारी दिए ।
    करिब २ अर्ब ४० करोड रुपैयाँको लागतमा निर्माण हुने आयोजनाको हेडवक्र्स पर्वतको भूकदेउराली र लुम्ले गाविसको सिमानामा पर्ने बिरेठाँटी बजारमा निर्माण हुनेछ । ‘रन अफ दि रिभर’ प्रणालीमा निर्माण हुने आयोजनामा मोदीखोला र भुरुङ्दी खोलाको संगमबाट डाइभर्सनमार्फत मोदीखोलाको पानी फर्काई २.८ किलोमिटर लामो सुरुङमार्फत पर्वतको देउपुरमा निर्माण हुने अर्धभूमिगत विद्युत्गृहमा पु¥याइनेछ । विद्युत्गृहबाट निस्केको पानी ७७ मिटर लामो टेलरेसमार्फत १४.८ मोदीखोला जलविद्युत् आयोजनाको हेडवक्र्स नजिकै मोदीखोलामा मिसाइने बताइएको छ ।
    आयोजनाले अहिलेसम्म विद्युत्गृह र इन्टेक रहने पर्वतको देउपुर र भूक देउराली गाविसमा २ सय ३ रोपनी जग्गा खरिद गरिसकेको छ । त्यस्तै वातावरणीय प्रभाव मूल्यांकन र विद्युत्गृहको संरचना निर्माण गर्न भौगर्भिक अवस्थाको समेत अध्ययन सकेको महाप्रबन्धक शर्माले जानकारी दिए । आयोजनाले यसअघि नै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता(पिपीए) गरिसकेको छ । वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैया ४० पैसाका दरमा विद्युत् खदिर सम्झौता भएको आयोजनाले जनाएको छ ।
    उत्पादित विद्युत् चार किलोमिटर लामो प्रसारणलाइनमार्फत पातीचौरमा निर्माण हुने सबस्टेसनमर्फत १३२ केभीए प्रसारणलाइनमा आबद्ध गरिनेछ । आयोजनाबाट पर्वतको देउपुर, तिलहार, भूकदेउराली तथा कास्कीका दाङसिङ तथा सल्यान गाविस प्रभाबित हुनेछन् । ‘ऊर्जाखोला’का रूपमा रहेको मोदीखोलामा यसअघि सन् २००० बाट १४ दशमलव ८ मेगावाटको मोदीखोला र २०६९ सालदेखि १० मेगावाट क्षमताको तल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत्् उत्पादन गर्दै आएका छन्  । त्यस्तै मनाङ ट्रेडलिंक हाइड्रोपावर प्रालिले निर्माण गर्न थालेको तल्लो मोदीको निर्माणकार्य तीव्र रूपमा भैरहेको छ ।
    तस्विर ः निर्माणको तयारीमा रहेको १५ दशमलब १ मेगावाटको मध्यमोदी जलविद्युत् परियोजनाको हेडवर्कस र विद्युत् गृह बन्ने स्थान ।

    प्रस्तुति: कारोबर