मध्यभोटेकोसीले २ अर्ब ९४ करोडको प्राथमिक सेयर निष्कासन गर्दै, ७ कम्पनीसँग गर्‍यो निष्कासन सम्झौता

    1215

    काठमाडौं । मध्यभोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।

    कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ बराबरको २ करोड ९४ लाख कित्ता साधरणसेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रवन्धका लागि भोटेकोसीले बिहीबार आधा दर्जन कम्पनीसंग सम्झौता गरेको छ ।

    भोटेकोसीले ग्लोबल आइएमई क्यापीटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, एस क्यापिटल लिमिटेड., सिबिआईएल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड. र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग संयुक्त निष्काशन तथा बिक्री प्रबन्धको सम्झौता गरेको हो ।

    प्रथम चरणमा कर्मचारी संचय कोषका  संचयकर्ताका लागि ९.५ प्रतिशतले हुन आउने १ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड १७ लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ । यस्तै संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि साढे ३ प्रतिशतले हुन आउने २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ ।

    यस्तै दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाका लागि १० प्रतिशतले हुन आउने  ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर तथा तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीलाई १५ प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर  निष्काशन तथा बिक्री प्रबन्ध गर्नको लागि सम्झौता भएको भोटेकोसीले जनाएको छ ।

    चिलिमे हाइड्रोपावर लिमिटेडअन्र्तगतको मध्भोटेकोसीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी आयोजना निर्माण गरिरहेको छ ।

    यस्तै चिलिमेअन्र्तगतको रसुवाढी हाइड्रोपावर लिमिटेड र सान्जेन हाइड्रोपावर लिमिटेडले पनि अर्बो रुपैयाँको सेयर निष्कासन गर्देछन् ।

    स्रोत:बाह्रखरी