बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय सच्चाउ : नयाँ शक्ति

    1658

    असार २८, २०७४   बुढीगण्डकी जलविद्युत आयोजना निमार्णको जिम्मेवारी चिनियाँ कम्पनीलाई दिने निर्णय सच्चाउन माग गर्दै नयाँ शक्ति नेपालले सरकारको ध्यानकर्षण गराएको छ । राष्ट्रिय गौरवको आयोजनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बिनै चीनको गेजुवा ग्रुप कम्पनीसंग सम्झौता गरेको भन्दै नयाँ शक्ति नेपालले सच्याउन माग गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज १३ बुँदे ज्ञापन पत्र बुझाउदै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेर नेपाली लगानीमै आयोजना निमार्णको कार्य अघि बढाउन आग्रह गर्नुभएको छ । मुलुकलाई दीर्घकालीन असर पार्ने गरी उर्जा मन्त्रालयले चीनीयाँ कम्पनीसंग गरेको समझदारी तुुरुन्त खारेज गर्न नयाँ शक्तिले सरकारसंग माग समेत गरेको छ ।  करिब १ हजार २ सय मेगावाट क्षमताको बुढी गण्डकी आयोजनामा २ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । आयोजनालाई बहुउदेश्यीय जलस्रोत विकास आयोजनाको रुपमा रुपान्तरण गरेर पहिलो चरणमा विकास समिति र दोस्रो चरणमा बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण बनाउने व्यवस्था गर्न ज्ञापन पत्रमा आग्रह गरिएको छ । पुर्ववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारले बुढीगण्डकी जलविधुत आयोजना निमार्णको जिम्मेवारी चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो

    स्रोत : कान्तिपुर