बुढीगण्डकीमा निकासा ढिलाइ

    2326

    काठमाडौ, मंसिर २५ –

    Budhi Gandaki HEP Proposed Dam Site
    Budhi Gandaki HEP Proposed Dam Site

    सरकारले उच्च प्राथमिकता राखी काम सुरु गरेको बुढीगण्डकी जलविद्युत् आयोजनाको बृहत् अध्ययनका लागि अर्थ मन्त्रालयले रकम निकासा दिन ढिलाइ गरेको छ । विद्युत् प्राधिकरणले बृहत् अध्ययनका लागि अगि्रम भुत्तानीका दिन रकम निकासा माग गरेको दस दिन बितिसक्दासमेत प्रक्रिया अघि नबढाएर अर्थ मन्त्रालयले ढिलाइ गरेको हो । प्राधिकरण कार्यालयका अनुसार आयोजनाको बृहत् अध्ययन सम्झौता भइसकेको परामर्शदातालाई रकम दिन १२ करोड माग गरिएको छ । ‘पत्रको विषयमा मन्त्रालयबाट अहिलेसम्म केही प्रतिक्रिया आएको छैन,’ प्राधिकरणसम्बद्ध एक कर्मचारीले भने, ‘अझै केही दिनभित्र रकम निकासा नभए आयोजना निर्माण कार्यातालिका प्रभावित हुन सक्छ ।’ ती अधिकारीका अनुसार ऊर्जा मन्त्रालय हुँदै अर्थमा रकम माग गर्दै पत्राचार गरिएको हो । ‘अर्थले ऊर्जा हुँदै रकम पठाउने प्रावधान भएकाले निकासाको निर्णय तत्कालै भए पनि प्राधिकरणसम्म आइपुग्न साता दिन लाग्छ,’ उनले भने, ‘पुस ४ गतेसम्म परामर्शदातालाई अगि्रम भुक्तानीको रकम दिन पाइएन भने कार्यतालिका प्रभावित हुन्छ । त्यसले आयोजनाको चारैतिर असर गर्छ ।’ कार्यतालिका प्रभावित नहुने गरी अध्ययनका लागि परामर्शदातालाई रकम दिने समयसीमा अब दस दिनमात्र बाँकी छ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको भन्दै उच्च प्राथमिकतामा राखेर निर्माण गर्ने घोषणा गरिसकेको छ । विस्तृत अध्ययनको तयारी गरिएको आयोजना ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । सरकारी घोषणाअनुसार प्राधिकरणले कार्यतालिका बनाई अध्ययनको काम सुरु गरिसकेको छ । ठेक्का प्रक्रियाबाट छनोट भएको ट्रयाक वेल इन्जिनियरिङ प|mान्ससँग अध्ययन सम्झौता प्राधिकरणले गत आइतबार गरेको थियो । सम्झौताअनुसार परामर्शदाताले अध्ययन पूरा गरिसक्दा करिब ८० करोड पाउने छ ।

    प्रस्तुति: Ekantipur