बालाजु क्षेत्रमा बिहीबार विद्युत आपूर्ति बन्द हुने

    1414

    काठमाडौं ।  सडक विस्तारका लागि बालाजु क्षेत्रमा बिहीबार बिहान ८ बजेदेखि दिउसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीकाअनुसार, बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु–धर्मस्थली फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत बन्द हुने छ ।
    त्यस फिडर अन्तर्गतका पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रे देउराली क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने रेग्मीले जानकारी दिए ।