फास्ट ट्रयाकसँगै काठमाडौंसम्म तेलको पाइपलाइन बिछ्याउन प्रस्ताव

    1721

    नेपाल आयल निगमले काठमाडौं-निजगढ फास्ट ट्रयाक (एक्सप्रेस-वे) सँगै पेट्रोलियम पाइपलाइन पनि काठमाडौंसम्म ल्याउन प्रस्ताव गरेको छ । निगमले त्यसका लागि आफैंले वित्तीय स्रोत जुटाउने भन्दै सघाउन नेपाली प्रस्ताव गरेको हो ।

    निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले नेपाली सेनासँग यसबारे औपचारिक रुपमा पनि छलफल भएको जानकारी दिए ।

    अहिले नेपाली सेनाले द्रुतमार्ग निर्माणको काम गरिरहेको छ । निर्माणको काम लाई अघि बढाउँदै लागि सेनाले विस्तृत द्रुतमार्गको परियोजना प्रतिवेदन -डीपीआर) तयार गर्न लागेको छ ।

    भारतीय कम्पनीले तयार गरेको डीपीआरमा पेट्रोलियम पाइपलाइन पनि ल्याउन सक्ने गरी द्रुतमार्ग निर्माण गर्ने उल्लेख थियो । एडीबीले गरेको अध्ययनमा यो सम्भव देखिएको थियो ।

    सरकारले अहिले पनि द्रुतमार्ग निर्माण गर्दा त्यो सँगै ग्याससहित पेट्रोलियम पाइपलाइन ल्याउन सक्ने संरचना तयार गर्न सेनालाई भनेको छ । सँगै खानेपानी, अप्टिकल फाइबर, ग्यास, विद्युत प्रसारणलाइन भूमिगत रुपमा ल्याउन सक्ने संरचना तयार गर्न सेनालाई भनिएको छ ।

    आयल निगमले सडकसँगै यस्ता संरचना तयार गरेर मात्रै राख्दा पछि काम गर्न असजिलो हुने भन्दै एकैपटक पाइप बिछ्याउन प्रस्ताव गरेको हो ।

    सेना भन्छ- डीपीआरले टुंग्याउँछ

    तर, यसमा सेनाले औपचारिक निर्णय गरेको छैन । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले डीपीआर निर्माणकै क्रममा रहेकाले यसबारे के गर्ने भन्ने विषय नटुंगिएको बताए ।

    ‘द्रुतमार्गसँगै विभिन्न विकासे कामहरु पनि गर्ने भन्ने नीति छ । तर, त्यसमा के-के रहने भन्ने विषयको टुंगो डीपीआरबाटै लाग्छ,’ उनले भने,’आयल निगम, विद्युत प्राधिकरण लगायतका निकायसँग हामीले एक चरणमा छलफल गरेका छौं । डीपीआर बनेपछि त्यसैअनुसार निर्णय हुनेछन् ।’

    आयल निगमले आपूर्ति मन्त्रालयसँग पनि द्रुतमार्गसँगै पाइपलाइ परियोजना अघि बढाउन पहल गर्न आग्रह गरेको छ ।

    ‘सेनालाई लाग्ने लागत लिएर पाइप राखिदिन भनेका हौं । त्यसबारे निर्णय आएको छैन,’ आयल निगमका कार्यकारी निर्देशक भट्टराईले भने,’द्रुतमार्गसँगै पाइपलाइन काठमाडौं जोडियो भने उपत्यकाको इन्धन आपूर्ति निकै सहज बन्छ ।’

    एकैसाथ काम गर्न प्रस्ताव

    एकै पटकमा हुन सक्ने काम भएकाले यसमा उचित पहलकदमी लिन निगमले सरकारलाई आग्रह पनि गरेको छ । पटक-पटक सडकमार्ग खोतल्ने र बिगार्ने गर्नुभन्दा एकैपटक परियोजनालाई पूर्णता दिन सकिए त्यसले लाभ पनि छिटै लिन सकिने भट्टराई बताउँछन् ।

    द्रतमार्गको लम्बाई ७६ दशमलव २ किलोमिटर छ । यो मार्गमा सेनाले पाइपलाइन बिछ्याइदिए अमलेखगञ्जबाट पललैयाबट निजगढसम्मको २२ किलोमिटर सडकमा निगम आफैंले पाइपलाइन राख्ने बताएको छ ।

    भारतले अहिले मोतिकारीबाट पथलैया हुँदै अमलेखगञ्जसम्म पाइपलाइन बिछ्याइदिन लागेको छ । निगमले पथलैयासम्म आउने पाइपलाइनलाई काठमाडौंसम्म ल्याउन द्रुतमार्ग नै प्रयोग गर्ने नीति लिएको छ ।

    १० अर्बको अनुमान

    द्रुतमार्गमा पाइपलाइन राखेपछि ललतिपुरमा निगमले तेल भण्डार राख्ने योजना बनाएको छ । ललितपुरसम्म पाइपलाइन ल्याउन सके काठमाडौंको इन्धन वितरण प्रणाली निकै सहज हुने अपेक्षामा निगम छ ।

    निगमले यो परियोजनामा १० अर्ब रुपैयाँ लाग्ने अनुमान पनि गरेको छ । निगमको प्राविधिक टोलीले त्यसबारे अध्ययन पनि गरेको भट्टराई बताउँछन् ।

    नेपाली पेट्रोलियम बजारमा ४७ वर्षदेखि एकछत्र राज गर्दै आएको आयल निगमले काठमाडौंसम्मको आपूर्ति प्रणालीलाई निकै चुनौतिपूर्ण मानेको छ । समय-समयमा ट्यांकर धनीले गर्ने आन्दोलनका कारण निगमको आपूर्ति व्यवस्थामा प्रभाव पर्ने गरेको छ ।

    वषर्ाको समयमा सडकमार्गमा आउने समस्याले पनि तेल आपूर्तिमा प्रभाव पार्छ । त्यसैका कारण दुई दिन काठमाडौंमा तेल ट्यांकर भित्रिएन् भने बजारमा उपभोक्ताको लामो लाइन सुरु भइहाल्छ ।

    देशभरको समग्र तेल बजारको करि आधा हिस्सा काठमाडौं -बागमती अञ्चल) ले नै ओगट्छ । थानकोट डिपोमा आधारित रहेको यो क्षेत्रको वितरण प्रणाली निकै संवेदशनशील पनि छ ।

    त्यसैले निगमले चितवनसम्म पाइपलाइन ल्याउने र द्रुतमार्गबाट पनि ललितपुरसम्म पाइपलाइन ल्याउने योजनालाई प्राथमिकतामा राखेको भट्टराई बताउँछन् ।

    तयार भए काठमाडौंलाई राहत

    काठमाडौंमा तेलको माग वाषिर्क रुपमा उच्च दरमा बढ्दैछ । १० वर्षअघि सवारीको चाप अहिलेको भन्दा निकै न्यून थियो । त्यतिबेला आपूर्ति रोकिए पनि कम्तिमा २० दिनलाई तेल अभाव हुँदैन थियो ।

    तर, सवारी साधनको चाप र तेलको माग उच्च हुँदै जाँदा पनि निगमले आफ्नो तेल भण्डारण क्षमतालाई बढाएन । पछिल्लो १० वर्षको बीचमा पेट्रोलियम पदार्थको माग तेब्बरले बढेको छ । वाषिर्क रुपमा निगमले पेट्रोलियम आयात १५ प्रतिशतले बढाउँदै लगेको तथ्यले पनि यसलाई पुष्टि गर्छ ।

    सबै डिपोहरुमा तेल पूर्ण भण्डारण गरेकै स्थितिमा पनि अभाव भइहाले मागअनुसार बिक्री गर्दा स्टकले एकसातालाई मात्र माग थेग्ने अवस्था छ ।

    देशभरमा सबैभन्दा बढी तेलको माग काठमाडौं उपत्यका र आसपासका क्षेत्रमै हुन्छ । काठमाडौंको थानकोट डिपोमा पेट्रोल र डिजेल भण्डारको क्षमता १ करोड ३६ लाख लिटर छ ।

    यो बजारमा समान्यमा दैनिक माग ११ लाख लिटर तेलको माग छ । यसले काठमाडौंको भण्डारण हुने तेलले एक हप्तामात्रै थेग्नसक्छ ।

    त्यसैले पाइपलाइनमार्फत तेल ल्याएर नयाँ भण्डारण डिपो बनाउने योजनामा निगमको छ ।

    :अनलाइनखबर