प्राधिकरण प्रमुख घिसिङलाई ‘एक्सिलेन्स अवार्ड’

    1594

    चैत १७, काठमाडौं (अस) । हाइड्रो नेपालले २०७३ का लागि ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई प्रदान गर्ने घोषणा गरेको छ । संस्थाले बिहीवार एक विज्ञप्ति जारी गर्दै मुलुकमा लोडशेडिङमुक्त गर्न आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोले घिसिङलाई अवार्ड प्रदान गर्न लागेको जानकारी दिएको हो ।

    यसैगरी २०७३ को हाइड्रो नेपाल लाइफ टाइम एचिभमेण्ट अवार्ड डा. हरिमान श्रेष्ठलाई प्रदान गर्ने संस्थाले निर्णय गरेको छ । जलविद्युत् क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील श्रेष्ठको योगदानको कदर गर्दै अवार्ड प्रदान गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । पाँच सदस्यीय अवार्ड मूल्याङ्कन समितिले विजेताको नाम छनोट गरेको हो ।

    स्रोत:अभियान