पञ्चकन्या माई हाइड्रोलाई आईपीओ निष्कासन अनुमति

    1763

    काठमाडौं, मंसिर ६ । पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनी (Panchakanya Mai Hydropower Ltd.) ले स्थानिय बासिन्दालाई शेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीयका लागि ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीलाई हकप्रद निष्कासनका लागि नियामक निकाय धितोपत्र बोर्डले अनुमति दिएको छ ।

    स्थानीयलाई शेयर बाँडफाँडपश्चात कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका जारी गर्ने छ ।

    कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समग्र वित्तीय अवस्थाको आधारमा कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेका छन् ।

    इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट विद्युत उत्पादन भई सकेको छ, भने यो आयोजनालाई १२ मेगावाटमा क्षमता वृद्धि गरिएको छ । साथै ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी (क्यास्केड) जल विद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी कम्पनीले दिएको छ ।