निजी क्षेत्रले थप्यो पाँच मेगावाट विद्युत, पोखरामा हुने भयो सहज

    1397

    सरकारी आयोजनाहरु समस्या परिरहेको, समय र लागत समेत बढीरहेको बेला निजी क्षेत्रले एक पछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण  सम्पन्न गरेका छन् ।

    निजी क्षेत्रले मिर्नाण गरेका आयोजना धमाधम बनेपनि प्रसारण लाइनको अभावमा कतै समस्या उत्पन्न भएको छ भने कतै विद्युत् खेर गइरहेको छ ।

    यसै सन्दर्भमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा मंगलबारदेखि करिब ५ मेगावाट विद्युत् थप भएको छ ।

    लमजुङमा निर्माण सम्पन्न भएको ३.३ मेगावाट क्षमताको मिदिम जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको हो ।

    यस्तै लामो समयदेखि बन्द रहेको सेती फेवा जलविद्युत् आयोजनाको १.५ मेगावाट क्षमताको विद्युत् समेत प्रणालीमा जोडिएको छ ।

    प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको बिजुली दमौली सबस्टेसनमा जोडेको छ ।

    आयोजनाका अनुसार आगामी १४ दिनसम्म परिक्षण उत्पादन गरेर व्यावसायिक उत्पादन सुरु गरिने आयोजनाका प्रमुख किरण मल्लले बताए ।

    सहज प्रसारण लाइनको अभावमा वैकल्पिक उपाय अवलम्बन गरेर ३३ किलोमिटर लामो प्रसारण लाइन मार्फत तनहुँको दमौली सबस्टेसनमा जोडिएको हो ।

    यस्तै कास्कीमा सञ्चालित १.५ मेगावाट क्षमताको सेती फेवा जलविद्युत केन्द्रले पनि मंगलबारबाटै पुनः विद्युत् उत्पादन सुरु गरेको छ ।

    वर्षाकालमा बाढीबाट पभावित भएको उक्त आयोजनामा वैकल्पि व्यवस्था गरेर विद्युत् उत्पादन सुरु गरिएको आयोजनाले जनाएको छ ।

    सो आयोजना सञ्चालनमा आए लगत्तै थप दुई आयोजना समेत सञ्चालन आउने जनाइएको छ । ती आयोजनाबाट थप ७ मेगावाट विद्युत् थप हुनेछ ।

     

    -अर्थ संसार