दुई सातादेखि चर्नावतीको उत्पादन बन्द

    2826

    दिलबहादुर केसी-दोलखा, १५ भदौ ।

    Charnawatiचर्नावती खोला जलविद्युत आयोजनाको दुई सातादेखि बन्द भएको छ । प्राविधिक कारणले पेनस्टक पाइप खुम्चिएपछि आयोजनाको उत्पादन बन्द भएको हो । दोलखाको भिमेश्वर नगरपालिका वडा–६ मा निर्माण इन्टेको पानी बन्द गर्दा पावरहाउसमा समेत पूरै खुल्ला हुँदा हावाको चापले पाइप खुम्चिएको प्राविधिकहरुले जानकारी दिए । भीमेश्वर नगरपालिका ८ कैदले खाला नजिक करिब ७० मिटर पाइप खुम्चिएको छ ।

    पाइप खुम्चिएर प्लान्टबाट विद्युत उत्पादन भएपछि प्राविधिकहरु ल्याएर मर्मत कार्य जारी रहेको आयोजनाले जानकारी दिएको छ । ३ दशमलब ५२ मेगावाट क्षमताको आयोजना नेपाल हाइड्रो डेभलपर प्रालिले गरेको हो । आयोजनाले १३ महिना ढिला गरी सम्पन्न भएको आयोजनाबाट गत असारबाट व्यवसायिक उत्पादन सुरु गरेको थियो ।

    आयोजनाबाट उत्पादित विद्युत ७ किलोमिटर ३३ केभीको प्रसारण लाइन मार्फत मकैबारी सव स्टेशनसमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण शाखाका प्रमुख गोपालचन्द्र खतिवडाले चर्नावती आयोजनाको उत्पादन बन्द भएको बताए । आयोजना बन्द हुँदा अहिले मकैबारी सवस्टेशनमा चर्नावतीमा विद्युत आपूर्ती बन्द भएको बताए ।

    प्रस्तुति: कारोबर