Invitation for PDA negotiation to Upper Trishuli -1

    1440

    26 December,Kathmandu:

    trishuli-1On Thursday,Ministry of Energy wrote a letter to 216 MW Trishuli -1 hydroelectric project for PDA negotiation. Eight month earlier, project had applied for PDA.

    Project has investment of Korea South-East Power Co., Ltd., Daelim Industrial Co., Ltd. and Kyeryong Construction Industrial Co., Ltd. and hold the share equity 43.57%, 13.07% and 8.71% respectively as well as International Finance Corporation (IFC- World Bank Group) is holding 12.86% equity share with remaining 21.79% share equity is held by Mr. Bkesh Pradhanang according to Share Purchase Agreement.
    Estimated Project cost is about Rs 50 billion and the goal for electricity production in 2019.
    ————————–

    ऊर्जा मन्त्रालयले २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनालाई आयोजना विकास सम्झौता (पीडीए) वार्ताका लागि बिहीबार पत्र पठाएको छ । आठ महिनाअघि पीडीएका लागि निवेदन दिएको माथिल्लो त्रिशूलीलाई मन्त्रालयले वार्ताका लागि आह्वान गरेको हो ।

    आगामी जनवरीको दोस्रो साताभित्र पीडीएबारे वार्ताका लागि माथिल्लो त्रिशूली ए जलविद्युत्को मुख्य लगानीकर्ता कोरियाको साउथ इस्ट इलेक्ट्रिक कम्पनीलगायतलाई वार्तामा बोलाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशवध्वज अधिकारीले जानकारी दिए ।

    करिब ५० अर्ब रुपैया“ लागत रहेको आयोजनाले सन् २०१९ देखि व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । परियोजनामा कोरियाको साउथ इस्ट इलेक्ट्रिक कम्पनीको ५०, अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)को १५, डेलियम इन्डस्ट्रियलको १५, क्रेयङ कन्स्ट्रक्सन कम्पनीको १० र नेपाली नागरिकको १० प्रतिशत लगानी रहनेछ । कोरियालीको मुख्य लगानी हुने आयोजनाले सन् २००७ मा सर्भे लाइसेन्स पाएको थियो ।