तामाकोसी पाँचौबाट विद्युत उत्पादन गर्न प्राधिकरणले माग्यो अनुमति

    1748

    काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले ८७ मेगावाट क्षमताको तामाकोसी पाँचौ आयोजनाबाट विद्युत उत्पादनका लागि अनुमतिपत्र (लाइसेन्स) मागेको छ ।

    प्राधिकरणले लाइसेन्स दिनका लागि प्रक्रिया सुरु गरेको छ । जसअनुसार विद्युत विकास विभागले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

    आयोजनाबाट वार्षिक ४६ करोड युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ ।

    हाल निर्माणधिन माथिल्लो तामाकोसीको टेलेरेस सुरुङबाट निस्कने पानी ८ हजार २ सय मिटर लामो सुरुङबाट प्रवाह गरी ४ भूमिगत विद्युतगृहमा खसाल्ने योजना छ । आयोजनामा ४ वटा युनिटबाट बिजुली उत्पादन हुने अध्ययले देखाएको छ । आयोजनाको संरचना दोलखाको लामावगर, लादुक, ओराङ र बुलुन गाविसमा पर्छन् ।

     स्रोत:कारोबार