डेढ महिनापछि त्रिशुली थ्रीए को काम सुचारु

    2428

    संगीता पनेरु–नुवाकोट १ भदौ ।

    trishuli3aडेढ महिना देखि बन्द रहेको त्रिशुली थ्री ए जलविद्युत आयोजनाको काम संचालनमा आएको छ । सरोकार समितिको नाममा केही राजनीतिक दलका व्यक्तिहरुले आयोजनाको क्षमता विस्तार, स्थानीयबासीको मागको सुनुवाई लगायतका मागहरु राखी आयोजनामा डेढ महिना अघि तालाबन्दी गरेका थिए ।

    आयोजनाको निर्माणको ठेक्का पाएको चिनियाँ कन्स्ट्रक्सन कम्पनी (गेजुवा) ले बुधवारदेखि आयोजनाको काम सुरु गरेको हो । अहिले सीमित कर्मचारीहरुबाट सुरुङ निर्माण र बाँधमा काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । काम रोकिएपछि फिर्ता पठाएको कर्मचारीहरुलाई काममा फर्काउन केही दिन लाग्ने लाग्ने बताइएको छ ।

    ३० प्रतिशत काम पूरा भएको यस आयोजना मे २०१४ भित्र सबै काम सम्पन्न गर्नुपर्ने दायित्व चिनिया ठेकेदार कम्पनी गेजुवाको रहेको छ । निर्धारित समयमा आयोजना सम्पन्न हुँदैन भनिरहेका बेला गेजुवाले निर्धारित समयमै काम सम्पन्न गर्ने बताएको छ । चीनको एक्जिम बैकको ८९ मिलिएन अमेरिकी डलर अर्थात् नेपाली १० अर्ब रुपैयाँको ऋण सहयोगमा निर्माण भईरहेको आयोजनाले डाडाँगाउँको मैलुङ नजिकबाट बाध बाधेर चार हजार ९३ मिटरको सुरुङ निर्माण हुने छ ।

    आयोजनाको बाँध र सुरुङ निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको आयोजनाले दावी गरेको छ ।

    प्रस्तुति: कारोबर