चिलिमे हाइड्रोपावरको नाफा घट्यो

    1275
    chilime
    काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफामा गिरावट आएको छ ।
    चालु आवको असोजसम्म कम्पनीले ३० करोड ७३ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ७८ लाख  रुपैयाँ नाफा गरेको थियो । गत आवमा चिलिमेले कुल ७० करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
    चालु आवमा विद्युत बिक्रि कम भएपछि आम्दानी घटेको कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणमा उल्लेख गरेको छ । यस्तै समीक्षा अवधिमा बैंकको व्याज दर पनि घटेको र करर्पोरेट कर भुक्तानी लगायत व्याज आम्दानी घटेको कम्पनीले जानकारी दिएको छ । कम्पनीको सेयरपुँजी ३ अर्ब १३ करोड ४४ लाख रुपैयाँ छ । चिलिमेको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ बढी छ । कम्पनीले १५ वर्षसम्म कर्पोरेट कर छुट पाएकोमा अब तिर्नुपर्ने भएको छ । यसले थप दाइत्व थपिने छ ।
    २२ मेगावाट क्षमताको चिलिमेले १११ मेगावाटको रसुवागढी, ५८ मेगावाटको माथिल्लो र तल्लोसान्जेन आयोजना र १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना निर्माण गरिहेको छ । कुल २७० मेगावाट क्षमताका ४ आयोजना समयमा सम्पन्न गर्न ठुलो चुनौति रहेको उसले वित्तीय विवरणमा उल्लेख गरेको छ । अघिल्लो आवमा चिलिमेले १२ प्रतिशत नगद  लाभाँश र १५ प्रतिशत बोनस सेयर दिएको थियो ।

    • बाह्रखरी