एक साताभित्र बक्यौता नबुझाए सरकारी कार्यालयको पनि लाइन काटिने

    1189
    नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विद्युत् महशुल नतिर्ने सरकारी निकायलाई भुक्तानी गर्न एक साताको समय दिने भएको छ ।
    प्राधिकरणले विभिन्न मन्त्रालय, विभागलगायत सरकारी कार्यालयले अर्बौं रुपैयाँ महशुल तिर्ने बाँकी भएपछि मंगलबार सार्वजनिक सूचना प्रकाशित गरी एक साताको म्याद दिन लागेको हो । एक साताभित्र बाँकी वक्यौता भुक्तानी गर्न मन्त्रालय, विभागलगायत सरकारी निकायका नाममा सार्वजनिक सूचना प्रकाशित गरिने प्राधिकरण अर्थ महाशाखा प्रमुख टंक श्रेष्ठले बताए ।  “एकसाता भित्र पनि महशुल नतिर्ने मन्त्रालय र विभाग र अन्य निकायको धमाधम लाइन काटिने छ ।” उनले भने । उनका अनुसार धेरै सरकारी निकायले महशुल तिर्न बाँकी छ ।
    एकसाता अघि ऊर्जामन्त्री जनार्दन शर्माले बिजुलीको महशुल उठाउन धेरै बाँकी रहेको भन्दै ३ दिनभित्र महशुल नतिर्नेको लाइन काट्न निर्देशन दिएपछि प्राधिकरणले प्रक्रिया सुरु गरिसकेको छ ।