ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रसुवा जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण

    2202

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रसुवा जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री पुनले माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट, १११ मेवा रसुवागढी र ४२ दशमलव तीन मेगावाटको तल्लो साञ्जेन र १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको हो ।

    स्थलगत निरीक्षणपछि मन्त्री पुनले लगनशील भई निर्धारित मितिमा विद्युत् निर्माणको कार्य सम्पन्न गर्न कार्यरत प्राविधिकलाई निर्देशन दिनुभयो । यसैगरी मन्त्री पुन प्रेस सेन्टर, रसुवाले स्याफ्रुबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा समेत सहभागी हुनुभयो ।

    त्यसबखत उहाँले जलस्रोतको फाइदा हरेक नेपालीलाई सहज बनाउन नीतिगत केही विषयमा परिवर्तन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।।

    -NTV