उपत्यकालाई लोडसेडिङमुक्त बनाउन प्रधानमन्त्रीको पुष्पकमल दाहाल

    3004

    कार्तिक २३, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार बिहान बालुवाटार बोलाएर काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउन निर्देशन दिएका छन् । प्राधिकरणले चरम लोडसेडिङ हुने बेलामा मात्र चलाउनुपर्ने कुलेखानी जलाशययुक्त आयोजना दसैंदेखि लगातार चलाएर उपत्यकामा बढी समय बिजुली दिइरहेको छ । प्रधानमन्त्रीले राजधानीमा बढी समय बिजुली बलिरहेको मौका छोपी घिसिङलाई बोलाएर ‘काठमाडौं उपत्यका’ लाई लोडसेडिङमुक्त बनाउन ‘पपुलिस्ट’ निर्देशन दिएको जानकारी स्रोतले दिएको छ ।

    कान्तिपुर