अपि पावरलाई माथिल्लो नौगाड आयोजना बनाउन लाइसेन्स

    2441

    काठमाडौं । सरकारले ८ मेगावाट क्षमताको माथिल्लो नौगाड जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्न अपि पावर कम्पनी लिमिटेडलाई अनुमतिपत्र (लाइसेन्स) दिएको छ ।

    यसअघि साढे ८ मेगावाटको नौगाड आयोजना सम्पन्न गरेको अपीलाई ऊर्जा मन्त्रालयले विद्युत् उत्पादनको लाइसेन्स दिएको हो ।

    ऊर्जाले हालसम्म यो समेत गरी ११८ आायोजनाबाट ३ हजार ३४९ मेगावाट विद्युत उत्पादन गर्न अनुमति दिएको छ । यीमध्ये २ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधिन छन् । लाइसेन्स दिएको मध्ये हालसम्म सबैभन्दा ठूलोमा माथिल्लो तामाकोसी आयोजना रहेको छ । तामाकोसीको जडित क्षमता ४५६ मेगावाट छ । अन्य आयोजना लगानी जुटाउने र पूर्वतयारीको अवस्थामा छन् ।

    स्रोत:बाह्रखरी