अन्नपूर्ण संरक्षण क्षेत्रमा ६.६ मेगावाट क्षमताको आयोजना बन्ने

    1825

     सिटिजन हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवद्र्धन गर्न लागेको ६.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुन लागेको छ ।

    अन्नपुर्ण संरक्षण क्षेत्र भित्र पर्ने कास्कीको गाच्र्याङ जलविद्युत् आयोजना निर्माण गर्न लागिएको प्रवद्र्धक कम्पनीले जनाएको छ ।

    आयोजनाको विद्युतगृह कास्कीको नामार्जुन गाउँमा रहनेछ ।जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०५३ को दफा ६ बमोजिम वातावरणीय प्रभाव मुल्याङ्ककनको लागि आज सो आयोजनाको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ ।

    सूचना प्रकाशित भएको मितिले ३० दिन भित्रमा संस्थाको ठेगानामा पुग्ने गरी लिखित राय तथा सुझाव दिन मन्त्रालयले सूचीत गरेको छ ।

    अर्थ संसार