१ खर्ब ६० अर्बको इन्धन आयात

    1500

    आर्थिक वर्ष २०७४-७५ मा मुलुकले १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले यो वर्ष सो मूल्य बराबरको २७ लाख किलोलिटर इन्धन आयात भएको हो । आर्थिक वर्ष २०७४-७५ मा मुलुकले १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिसँगै स्थानीय बजारमा खपतदर बढ्दै गएकाले यो वर्ष सो मूल्य बराबरको २७ लाख किलोलिटर इन्धन आयात भएको हो । मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा पर्ने गर्छ ।
    निर्यातको तुलनामा दोब्बर रुपैयाँ बराबरको इन्धनमात्र आयात हुने गर्छ ।
    एक वर्षमा डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टितेल र खाना पकाउने एलपी ग्यास खरिद गरेबापत नेपाल आयल निगमले इन्डियन आयल कर्पाेरेसनलाई १ खर्ब ६० अर्ब रुपैयाँ भुक्तानी गरेको छ । निगमले इन्धन खरिद गरेबापत प्रत्येक महिना आईओसीलाई १५ अर्ब रुपैयाँका दरले रकम भुक्तानी गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले इन्धन आयात गरेवापत निगमले  यो वर्ष डेढ खर्बभन्दा बढी रकम आईओसीलाई भुक्तानी गरेको हो । पछिल्लो ६ वर्षयता यो वर्ष सबैभन्दा बढी रकमको इन्धन आयात भएको निगमले तथ्यांकले देखाएको छ । बढ्दो सवारी साधनको प्रयोगसँगै विकास निर्माणका काम तिब्ररुपमा अगाडि बढेकाले इन्धनको खपतदर वर्षेनी १५ देखि २० प्रतिशतका दरले बढ्दै गएको निगमको भनाई छ । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले यो वर्ष १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको २७ लाख  किलोलिटर इन्धन आयात भएको बताए । “अघिल्लो वर्ष एक खर्ब ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको इन्धन आयात भएको थियो,” उनले भने, “यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले इन्धनको खरिद रकम बढ्न गएको हो ।” यो वर्ष अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले पनि खरिद रकम ४८ प्रतिशतले बढ्न गएको उनको भनाइ छ । बढ्दो सवारी साधनको प्रयोगसँगै इन्धनको खपत बढ्दै गएकाले पनि इन्धनको आयात २० प्रतिशतले बढ्न गएको उनको भनाइ छ ।
    गत वर्ष अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकोे मूल्य प्रतिब्यारेल ४५ देखि ५० डलर रहेकोमा यो वर्ष बढेर ७५ देखि ८० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि निगमको खरिद रकमसमेत बढ्दै जान्छ ।निगमका अनुसार निगमका अनुसार हाल मासिक सरदर ७५ देखि ८० हजार किलोलिटर डिजेलको माग छ । यस्तै, पेट्रोल मासिक २५ सयदेखि ३ हजार किलोलिटर, हवाई इन्धन १२ देखि १५ हजार किलोलिटर र ग्यास २५ देखि ३० हजार टन माग छ ।

    आर्थिक वर्ष इन्धन (किलोलिटरमा) मूल्य
    ०६९-७० १२ लाख ९८ हजार ५६६ १ खर्ब २ अर्ब ४३ करोड
    ०७०-७१ १४ लाख ४० हजार ९३५ १ खर्ब २६ अर्ब ६४करोड
    ०७१-७२ १६ लाख ३३ हजार ३३७ १ खर्ब ३ अर्ब ५९करोड
    ०७२-७३ १३ लाख ३९ हजार १७७ ५८ अर्ब ९४ करोड
    ०७३-७४ २२ लाख २९ हजार ७४० १ खर्ब ९ अर्ब ९५ करोड
    ०७४-७५ २७ लाख १ खर्ब ६० खर्ब 
    स्रोतः नेपाल आयल निगम

    स्रोत: karobardaily