भरिनै लाग्यो कुलेखानी, लोडसेडिङ घट्ने

Kulekhani Reservoir

हेटांैडा, आश्विन ३१ –
Kulekhani Reservoirनेपाल विद्युत् प्राधिकरणको पावर ब्याकअपका रूपमा रहँदै आएको कुलेखानी जलाशय भरिन अब ८५ सेमि बाँकी छ । असोजमा पनि लगातार वषर्ा भएकाले सञ्चित पानीको सतह बढेपछि लोडसेडिङ कम हुने विश्वास प्राधिकरण अधिकारीले गरेका छन् ।

जलाधार क्षेत्रमा सोमबारदेखि बुधबार बिहानसम्म वषर्ा भएकाले कुलेखानी भरिन लागेको हो । बिहीबार दिउँसोसम्म कुलेखानी जलाशयमा १ हजार ५ सय २९ दशमलव १५ सेन्टिमिटर पानीको सतह रहेको छ । जलाशय भरिन अब ८५ सेन्टिमिटरमात्र बाँकी छ । जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ ।

‘ढिला भए पनि यो वर्ष कुलेखानी जलाशय भरिन्छ,’ कुलेखानी प्रथमका प्रमुख रामकुमार यादवले भने, ‘यसले लोडसेडिङलाई राहत मिल्न सक्छ ।’ जलाधार क्षेत्रमा विगत तीन दिन लगातार पानी परेकाले कुलेखानी भरिने अवस्थामा पुगेको हो । वषर्ाका कारणले तीन दिनमा साढे एक मिटर जलाशयमा पानीको सतह बढेको थियो । जलाशयमा दैनिक एक घन्टामा एक सेन्टिमिटर पानीको सतह बढेको छ । बुधबार दिउँसोदेखि वषर्ा हुन छाडेकाले यो क्रम घट्दो छ ।

प्राधिकरणका एक प्राविधिकले भने, ‘ढुक्क हुनुहोस् यो वर्ष पनि कुलेखानी भरिन्छ ।’ दसंैदेखि कुलेखानी सञ्चालन गरिएको छैन । पानी पनि बचत भएको छ । प्राधिकरणले जलाशय नभरिएसम्म कुलेखानी सञ्चालनमा नल्याउने जनाएको छ । जलाशय भरिएपछि मात्र कुलेखानी सञ्चालनमा ल्याउने प्राधिकरणको सोच छ । ‘बुधबार र बिहीबार पनि मंगलबारको जस्तो झरी परेको भए बिहीबार दिउँसोसम्ममा जलाशय भरिन्थ्यो,’ आयोजना प्रमुख यादवले भने, ‘अब एक/दुई दिनमा भरिन्छ ।’

गत वर्ष पनि जलाशय असोजको अन्तिम सातामा भरिएको थियो । दसंैमा कुलेखानी पहिलो र दोस्रो सञ्चालन नगरेर पानीको बचत गरेर असोजमा जलाशयमा भरिएको थियो । कुलेखानी जलाशयको जलाधार क्षेत्र दामन, पालुङ, आग्रा, चित्लाङ, फाखेल, टिस्टुङ, बज्रबाराही, मार्खुलगायत गाविसमा वषर्ा याममा खासै वषर्ा नभएकाले जलाशय छिटो नभरिएको हो ।

जेठदेखि नै जलाधार क्षेत्रमा पानी परेकाले कुलेखानी जलाशयको पानीको सतह यो वर्ष १ हजार ५ सय ५ मिटरभन्दा तल र्झन पाएन । ७ किलोमिटर लम्बाइ र ३ सय मिटर चौडाइ रहेको जलाशयमा संकलन गरिएको ४६ मिटर पानीमात्र विद्युत् उत्पादनका लागि प्रयोग गर्न सकिन्छ । जलाशयमा समुद्री सतहबाट १ हजार ५ सय ३० मिटर पानी सञ्चय गर्न सकिन्छ । कुलेखानी जलविद्युत् आयोजना पहिलो र दोस्रोब्ााट क्रमशः ६० र ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

प्रकाशित : ekantipur