काठमाडौं । माथिल्लो फावखोला जलविद्युत आयोजनामा माछापुच्छे बैंकको अगुवाइमा ८० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।
५.८ मेगावाट क्षमताको सो आयोजनामा लगानी गर्ने विषयमा बैंक र विकासकर्ता कम्पनीबीच सम्झौता भएको छ । आयोजनामा अगुवा बैंकको ४० करोड, आईसीएफ फाइनान्स लिमिटेडको २० र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लिमिटेडको २० करोड रुपैयाँ लगानी हुने युनिटेक हाइड्रोपावर कम्पनीका प्रवन्ध निर्देशक विश्वप्रकाश अमात्यले बताए ।
उनका अनुसार आयोजनाको कुल लागत १ अर्ब २४ करोड ५० लाख रुपैयाँ छ । सेयरधनीले ४४ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन ।
आयोजनाबाट २०७८ भदौ १६ गते विद्युत उत्पादन गर्ने लक्ष्य तय भएको अमात्यले जानकारी दिए । आयोजना ताप्लेजुङको सिरिजङा र पाथिभरा याङवरक गाउँपालिकामा पर्छ ।
दुई ओटा पेल्र्टन टर्वाइनबाट बिजुली उत्पादन गरी ८ किलोमिटर लामो ३३ केभी प्रसारणलाइनबाट पाँचथरको अमरपुरस्थित नेपाल विद्युत प्राधिकरणको १३२ केभी कावेली सवस्टेशनमा जोडिने छ ।
आयोजनाले प्रभावित स्थानीयवासिन्दा र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने उनले जानकारी दिए । आयोजना निर्माणको काम सुरु भइसकेको छ ।
स्रोत : क्यापिटल नेपाल