प्रधानमन्त्रीबाट भूमिगत विद्युत वितरण कार्यको शुभारम्भ

1678

फाल्गुन ५, २०७६

सम्माननीयज्यूको मार्गनिर्देशनअनुसार, उर्जा जलश्रोत तथातथा सिंचाई मन्त्रालयले जारी गरेको स्वेतपत्रर नेपाल सरकारको प्राथमिक्ताप्राप्त कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरण सहित स्वचालित गर्ने उद्देश्यले पहिलो चरणमा काठमाडौं जिल्लाको रत्‍नपार्क र महाराजगञ्‍ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा गरिने कार्यको आज सम्मानीय प्रधानमन्त्रीज्यूबाट शुभारम्भ भएको छ ।

उक्त कार्यका लागि निर्माण व्यवसायी सँग मार्च २०१९ मा ठेक्‍का सम्झौता भै अक्टोबर २०२१ सम्ममा कार्य सम्पन्‍न गर्ने लक्ष्य रहेको छ । एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा संचालित यस आयोजनाको कूल ठेक्‍का सम्झौता रकम करिव रु। ७ अर्ब रहेको छ।

महाराजगञ्‍ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु बालुवाटार, बुढानिलकण्ठ, टोखा, गोंगबू, महाराजगञ्‍ज, आदि स्थानहरुमाकरिब २५० किलोमीटर ११००० भोल्टेजको भूमिगत लाइन तथा करिब ४०० किलोमीटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २५० किलोमीटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ।

त्यसै गरि रत्‍नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु रत्‍नपार्क, न्यूरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चावहिल जोरपाटी आदि स्थानहरुमा करिब २०० किलोमीटर ११००० भोल्टेजको भूमिगत लाइन तथा करिब ४०० किलोमीटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २०० किलोमीटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ।

दोश्रो चरण अन्तर्गत काठमाडौका बांकी भाग, ललितपुर र भक्तपुरकामुख्यमूख्य सडकमा तार भूमिगतगर्नको लागिवोलपत्रको विभिन्न चरणमा रहेको छ । साथै पोखरा, भरतपुर लगायतका देशकामुख्यमुख्यशहरहरुमा समेत भूमिगततार विछ्याउनको लागि सर्भेक्षण कार्य थालनीगरिएको छ ।

हाल भइरहेको ओभरहेड वितरण प्रणाली भन्दा भूमिगत प्रणाली सूरक्षित, भरपर्दो हुनुका साथै शहरी सौन्दर्यता कायम राख्‍नसमेत मद्दत पुग्नेछ ।आगामीदिनमा काठमाडौभित्रहालको वितरण प्रणालीले बढ्दो विद्युतमागलाई धान्ननसक्ने र थपओभरहेड लाईनहरु वनाउन सक्ने अवस्थापनि नरहेको हुंदाभूमिगतवितरण लाईन वाहेक काठमाडौको विद्युतमागधान्न सक्ने अर्को विकल्पछैन । वितरण लाईन मात्र हैन प्रसारण लाईनलाई समेत शहरको भित्रीभागसम्म भूसमिगतल्याउने कार्यक्रम अगाडि बढाईएको छ ।

भूमिगत कार्य गर्दा सडकमा न्यूनतम क्षति हुने गरी परम्परागत तरिकाबाट सडक नखनी सम्भब भएसम्म ज्यचष्शयलतबम्ष्चिभअतष्यलबम्चिष्ििष्लन प्रबिधि प्रयोग गरिने छ।साथै सडक पेटी प्रयोग गर्न मिल्ने ठाउंमा सडक पेटीको प्रयोग गरिने छ । सडक आवागमन तथा पैदल यात्रीहरुलाई असर नपर्ने गरी रातको समयमा कार्य गर्ने व्यवस्था मिलार्इने छ भने सडक खन्दा पर्न जाने असुविधाको न्यूनीकरण गरी क्षति पुगेको सडकको बढीमा १० दिन भित्र पुनर्स्थापना गरिने छ।

विधुतीय तारसंगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दूरसंचार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन तथा यसले नेपाल सरकारकोडिजीटल नेपालको अवधारणालाई साकार पार्न मद्दत पुग्नेछ।भविष्यको मागको सम्बोधन हुने गरी अप्टिकल फाइबर थप गर्न सक्ने प्रावधान राखी संरचना तयार गरिनेछ।

वितरण प्रणालीलाई स्वचालित बनाउन उपकरणहरुको प्रयोगको थालनी समेत उपरोक्त आयोजनाहरुमा गरिएको छ। साथै सम्पूर्ण स्वचालित वितरण प्रणालीको नियन्त्रणको लागि स्युचाटार, कलंकीमाम्ष्कतचष्दगतष्यलऋयलतचयऋिभलतचभ ( म्ऋऋनिर्माण गरिने कार्यलाई अगाडी बढाइएको छ ।

वितरण प्रणाली तथा विद्युतीय सेवालाई आधुनिकरण गर्ने क्रममा पहिलो चरणमा रत्‍नपार्क र ठेक्‍का सम्झौता भई कार्य प्रारम्भ भइसकेकोछ भने देश भरकाथ्री फेज ग्राहकहरुको मीटर एक वर्षभित्र स्मार्ट मीटरले प्रतिस्थापनगर्ने कार्य भैरहेको छ । आगामी दिनहरुमा क्रमैसँग देशभरका ग्राहकको घरमा स्मार्ट मीटर जडान गरिने कार्यक्रम रहेको छ।
प्राधिकरण विद्यमान विद्युतीय संरचनालार्इ समयसापेक्ष आधुनिकिकरण गर्दै जनतालार्इ भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न हरतरहले प्रयाासरत छ।

तार भूमिगतगर्ने यस महानकार्यको कार्यन्वयन चरणमा थुप्रै चुनौतीहरु आई पर्ने छ । प्राधिकरणको मात्रएक्लो प्रयासले यस कार्यलाई सफलपार्न सम्भव देखिंदैन । यससंग थुप्रै निकायहरु जेडिएका छन् । सडक, दूर संचार, खानेपानीतथा ढल निकास, शहरी विकास, नगरपालिका, ट्राफिक प्रहरी जस्ता निकायहरुसंगको सहकार्य र सहयोगविना यो कार्य अगाडि बढाउन कठीन हुनेछ । हालसम्मयी निकायहरुबाट प्राप्त सहयोगको लागिहार्दिक धन्यवाददिन चाहन्छु । साथै पूर्वाधार विकासमाप्रधानमन्त्रीकार्यलयबाट भैरहेको सहयोग र समन्वयको लागिआभार व्यक्तगर्दछु । आगापीदिनमापनिप्राधिकरणले अघि सारेका यसप्रकारका कार्ययोजनाहरु सफल पार्न सम्बद्ध सबै पक्षहरुले आवश्यक सहयोग र समर्थन गरिदिनुहुन पनि म यस अवसरमा अनुरोध गर्दछु।

यस कार्यक्रमलाई हलउपलव्ध गराउनुको साथै सम्पूर्ण रुपले सहयोग गर्नु भएकोमा नेपालप्रहरी प्रशिक्षण केन्द्रलाई हार्दिक हार्दिक धन्यवाददिन चाहन्छु ।

अन्त्यमा, आजको यस वितरण प्रणाली आधुनिकिकरण गर्ने कार्यको शुभारम्भ गरिदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । साथै यस कार्यक्रम सफल पार्न पाल्नु हुने माननीय मन्त्रीज्यूहरु, सचिवज्यूहरु, विभिन्ननिकायकामहानिर्देशकज्यूहरु, पत्रकार मित्रहरु लगायत सम्पूर्ण महानुभावहरुमाआभार व्यक्त गर्दछु ।