भारतीय सीमाबाट कर्णालीसम्म सिधै ४०० केभी प्रसारण लाइन

    1122
    काठमाडौं । सरकारले भारतीय सीमाबाट कर्णालीसम्म सिधै उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । भारतीय सीमा कर्मदेवबाट फुकोटसम्म ४०० केभीको डब्बल सर्किट प्रसारण लाइनको निर्माण गर्न लागिएको हो ।
    कर्णाली अञ्चलमा अहिलेसम्म राष्ट्रिय प्रसारण लाइन पुगेको छैन ।  कर्णाली नदी बेसिनमा रहेका जलविद्युत आयोजनालाई लक्षित गरी उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।
    प्रसारण लाइनलाई ‘कर्मदेव (भारत–नेपाल सीमा)–फुकोट (कालिकोट) ४०० केभी डबल सर्किट कर्णाली करिडोर प्रसारण लाइन’ नामाकरण गरिएको छ । प्रसारण लाइनको लम्बाई १३० किलोमिटर हुने राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले जनाएको छ । प्रसारण लाइन कर्मदेवबाट दोदोधारा (न्यू लम्की), वेतन (सुर्खेत) हुँदै फुकोट पुर्याइने छ । यसका लागि फुकोटमा ४००।१३२ केभीको सव स्टेसन निर्माण गरिने छ ।
    सरकारले यही प्रसारण लाइनमा पर्ने ४२६ मेगावाटको फुकोट कर्णाली अर्ध जलशाययुक्त (पिकिङ रन अफ रिभर) र ३०७ मेगावाटको जगदुल्ला जलशाययुक्त जलविद्युत आयोजनाको सर्वे लाइसेन्स विद्युत उत्पादन कम्पनीलाई दिइसकेको छ । फुकोट कर्णाली कर्मचारीको मुख्य लगानीमा निर्माण गर्न लागिएको छ । कर्णाली नबदी बेसिनका कयौं आयोजनाको लाइसेन्स निजी कम्पनीलाई दिइसकेको छ ।
    राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले प्रसारण लाइनको विस्तृत इन्जिनियरिङ तथा वातावरणीय अध्ययनका लागि इच्छुक परामर्शदाता कम्पनीलाई आशयपत्र पेश गर्न टेण्डर आहन गरिसकेको छ । परामर्शदाता कम्पनीले प्रसारण लाइन तथा सव स्टेसनको  विस्तृत सर्वेक्षण र डिजाइन गर्ने छ ।
    विद्युत प्रसारण, भार सम्प्रेषण गर्न आवश्यक क्षमता, स्तर तथा किसिमका प्रसारण लाइन, सवस्टेशन तथा अन्य आवश्यक संरचनाको निर्माण, विस्तार, विविधीकरण, मर्मत सम्भार त्यसको सुरक्षायुक्त सञ्चालनबाट प्रसारण ग्रिड प्रणालीको समयोचित व्यवस्थापन लगायतका काम गर्न छुट्टै कम्पनीले स्थापना गरेको थियो । यही कम्पनीमार्फत उच्च क्षमताका प्रसारण लाइनको निर्माण अगाडी बढाउने सरकारी योजना छ । कम्पनीको अधिकृत पूजि २५ अर्ब अर्ब रुपैया“ छ ।  कम्पनीको  तत्काल जारी पू“जी . एक अर्ब पचास करोड रुपैया छ ।