पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत् बढी

1443

मंसिर २२, २०७६

माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् बढी हुने देखिएको छ । हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । पाँच वर्ष अर्थात सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ । १५ प्रतिशत वृद्धिलाई आधार मानेर गरेको प्रक्षेपणमा भने सन् २०२४ मा ३९४७ मेगावाट पुग्नेछ । नेपाल विद्युत् प्राधिकरणले भने सन् २०१९-२०२० मै विद्युत्को माग २२२५ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो । माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् बढी हुने देखिएको छ ।

हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । पाँच वर्ष अर्थात सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ । १५ प्रतिशत वृद्धिलाई आधार मानेर गरेको प्रक्षेपणमा भने सन् २०२४ मा ३९४७ मेगावाट पुग्नेछ ।

नेपाल विद्युत् प्राधिकरणले भने सन् २०१९-२०२० मै विद्युत्को माग २२२५ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो । पावर समीट २०१९ मा विद्युत् प्राधिकरणको विवरण र हालको मागको आधारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का महासचिव आशिष गर्गल गरेको विश्लेषण अनुसार सन् २०१९ मा विद्युत् सरप्लस हुने छैन भने सन् २०२० मा ११ मेगावाट हुनेछ ।

त्यसैगरी सन् २०२१ मा विद्युत् उत्पादन २२३६ मेगावाट पुग्नेछ भने ७०१ मेगावाट सरप्लस हुनेछ । त्यसैगरी २०२३ मा भने उत्पादन ५२४९ मेगावाट पुग्नेछ भने १६२५ मेगावाट सरप्लस पुग्नेछ । कुल मागमध्ये सरदर ४८५ मेगावाट अर्थात ३६ प्रतिशत विद्युत् प्राधिकरण, र निजी क्षेत्रबाट ३४३ मेगावाट अर्थात २६ प्रतिशत स्वदेशमै उत्पादन भएको छ भने ४९१ मेगावाट अर्थात ३८ प्रतिशत भारतबाट आयात भईरहेको छ । तथ्यांकअनुसार सन् २०२४ भित्र सरकारी र सरकारको सहायक कम्पनीमार्फत ९०७ मेगावाट र निजी क्षेत्रबाट ५४८३ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य छ ।

यस अवधिमा २५७ आयोजना निजी क्षेत्रबाट र ७ आयोजना सरकारी निकायबाट निर्माण सम्पन्न हुनेछन् । विद्युत् प्राधिकरणको तथ्यांकअनुसार हाल निजी क्षेत्रबाट ६३३.७७ मेगावाट जलविद्युत्मार्फत उत्पादन भएको छ भने ५ सय ८४ मेगावाट विद्युत् प्राधिकरणबाट उत्पादन भएको छ । विद्युत् प्राधिकरणसँग मल्टिफ्यूल र डिजेल गरी ५३ मेगावाटको उत्पादन क्षमता पनि छ । सन् २०२४ भित्र अरुण तेस्रो, माथिल्लो कर्णाली, अपर त्रिशुली १ लगायतका गरी ८ आयोजनाबाट २५ सय मेगावाट बराबरको उत्पादन गर्ने लक्ष्य राखिएको छ । विगत १ सय १०८ वर्षमा १२ सय मेगावाट बराबर उत्पादन भए पनि चालू वर्षभित्रै ११ सय मेगावाटका साथै आगामी पाँच वर्षभित्र ५७ सय मेगावार बराबर उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

स्रोत:कारोबार