Sixteen Hundred MW Hydroelectric Project has applied for Generation License

    1217

    Hydroelectric Project total capacity of 1600 MW has applied for Obtaining a License for the Production(Generation License) of Electricity with Department of Electricity Development.

    एक हजार छसय मेगावाट विद्युत् उत्पादनका लागि अनुमतिपत्र माग

    काठमाडौँ – जलविद्युत् उत्पादनको अनुमतिपत्र लिए पनि लामो समयसम्म निर्माणको काम सुरु नगरेको भन्दै चर्को आलोचना खेपिरहेका निजी क्षेत्रका प्रवर्द्धकले उत्पादन अनुमतिपत्र लिन भने पछिल्लो दिनमा उल्लेखनीय चासो देखाएका छन्।
    यस वर्ष मात्रै निजी क्षेत्रका प्रवर्द्धकले सरकारबाट कुल ३८ वटा आयोजनाको उत्पादन अनुमतिपत्र मागेपछि सो कुराको पुष्टि भएको हो।
    मुलुकले चरम ऊर्जा सङ्कट व्यहोरिरहेको बेला चालु वर्षको सात महिनामा मात्रै करिब एक हजार ६०० मेगावाट क्षमता बराबरको उत्पादन अनुमतिपत्र पाऊँ भनी निजी क्षेत्रका प्रवर्द्धकले निवेदन दिएका छन्। विभागका अनुसार सर्वेक्षणको काम पूरा गरेर उत्पादन अनुमतिपत्र पाऊँ भनी निवेदन दिएका आयोजनाहरू अझै धेरै बढ्ने देखिएको छ।सर्वेक्षणको काम सम्पन्न गरेका जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूले सरकारसँग उत्पादनको अनुमति माग्ने क्रमलाई पछिल्ला दिनमा तदारुकता देखाएका कारण उल्लेखनीय सङ्ख्या देखिएको हो। सरकारले उत्पादन अनुमति मात्रै दिएका आयोजना निर्माण सुरु हुने हो भने मात्रै पनि आगामी चार वर्षभित्र मुलुकलाई विद्युत् भार कटौतीमुक्त मुलुकका रूपमा चिनाउन सकिन्छ।

    विद्युत् विकास विभागका अनुसार चालु वर्को सात महिनासम्म मनाङमर्स्याङ्दी जलविद्युत् कम्पनीले २८२ मेगावाट क्षमताको राहुघाटको उत्पादन अनुमतिपत्र मागेको छ। पछिल्लोपटक अनुमतिपत्र माग गरेको आयोजनामध्ये यो सबैभन्दा ठूलो आयोजना हो।

    यसैगरी नौलो नेपाल हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको २६० मेगावाटको बूढीगण्डकी ‘ख’ र सोही कम्पनीले निर्माण गर्न लागेको १३० मेगावाटको बूढीगण्डकी ‘क’ले पनि अनुमतिपत्र मागेका छन्।

    विद्युत् विकास विभागका अनुसार यसै वर्ष उत्पादन अनुमति माग गर्नेे अर्को आयोजना हो माथिल्लो राहुघाट। तुदी पावरले निर्माण गर्न लागेको सो आयोजनाको कुल क्षमता ४८.५ मेगावाट रहेको छ। त्यस्तै श्वेतगङ्गा जलविद्युत् एन्ड पावर कम्पनीले निर्माण गर्न लागेको तल्लो लिखु पनि यसै वर्ष अनुमतिपत्र माग गर्ने अर्को आयोजना हो। सो आयोजनाको क्षमता २८ मेगावाट रहेको छ।

    @ नागरिक