भैरवकुण्ड खोला साना जलविद्युत आयोजना पुन संचालनमा

1565

२४ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लार्चामा संचालन भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजना संचालनमा आएको छ ।

जुरेको पहिरो, शक्तिशाली भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशीमा आएको बाढी आदि कारणबाट परियोजनामा क्षती पुगेको थियो।

आवश्यक सम्पूर्ण पुनर्निर्माण सम्पन्न भएपछि सोमबारबाट पूर्ण क्षमतामा सञ्चालन आएको हो । विपदको कारण विभिन्न समयमा प्रशारण रोकिएको सो हाइड्रो पावरले उत्पादित विद्युत ३४ किमि. ३३ केभिए ट्रान्समिसन लाइनमार्फत लामोसाँगु सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

हाइड्रोपावरले कम्पनी पब्लिकको जारी पुँजी ६५ करोड मध्ये हालसम्म संथापक शेयरधनीहरुले लिएको शेयर ४८.९७ प्रतिशत रकम बराबरको शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले यथाशक्य चाँडो साधारण शेयर जारी गर्न लागिएको जनाएको छ ।

कम्पनीले ३१ करोड ८३ लाख २८ हजार रुपैयाँ बराबर सर्वसाधारणलाई शेयर निष्कासन गर्ने र सो मध्य जिल्लाका स्थानीयवासीलाई ६ करोड ५० लाख को शेयर निष्कासन गर्ने संस्थाले जनाएको छ ।

प्रमुख कार्यकारी निर्देर्शक दिनेश पौड्यालले जिल्लाका स्थानीयलाई छुट्याइसकेपछि ५० लाख ६६ हजारको कर्मचारी र ५ प्रतिशत १ करोड २६ लाख ६६ हजार ४ सय सामाजिक सुरक्षा कोषको लागि र २३ करोड ५५ लाख ९५ हजार १ सय रुपैयाँको सर्वसाधारणलाई वितरण गरिने जानकारी दिए ।

शेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आईएमई. क्यापिटललाई नियुक्ति गरिएको छ । उनका अनुसार कम्पनीको वार्षिक विद्युत बिक्री वापतको आम्दानी ९ करोड ७० लाख रहको छ ।

पब्लिक शेयर जारी पश्चात बैंकको कर्जा घटाउनुका साथै नयाँ परियोजना निर्माण गर्ने लक्ष्य लिइएको छ । कम्पनीले हाल ३० जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिइराखेको छ ।

कम्पनीका अध्यक्ष सुरेन्द्र भण्डारीले कम्पनीले २०६५ मा नेपाल विद्युत प्राधिकरण सँग पहिलो पटक १८५० किलोवाट र २०६६ मा दोस्रो पटक ११५० किलोवाटवको लागि पीपीए गरी जेनेरेसन लाइसेन्स प्राप्त गरेको बताए ।

उनले सर्वसाधारण शेयर निष्कासन सँगै नयाँ परियोजनाहरुमा समेत कम्पनीले लगानी गरी राष्ट्रिय अर्थतन्त्रमा योगदानको साथै लागनीकर्ताहरुलाई उचित मुनाफा दिनेगरी कम्पनी अगाडि बढ्नेे बताए ।

 

स्रोत:अन्लाईनखबर