Protest at Modi Khola Hydroelectric Project

    1120

    मोदीखोला जलविद्युत केन्द्रमा प्रदर्शन

    modikhola_protest

    पर्वत-मोदीखोला जलविद्युत केन्द्रमा शनिबार प्रभावित क्षेत्रका बासिन्दाले लोडसेडिङ हटाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्। १४ दशमलव ८ मेघावाट क्षमताको केन्द्रबाट प्रभावित देउपुर, देउराली, बाजुङ र तिलहार गाविसका बासिन्दा लोडसेडिङ हटाउनुपर्ने र विद्युत महसुलमा ५० प्रतिशत छुट हुनुपर्ने  माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।
    उनीहरुले पातीचौर र डिमुवाबजारमा प्रर्दशन गर्नुका साथै जलविद्युत केन्द्रको प्रशासनिक कार्यालय समेत घेराउ गरेका थिए। जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा लोडसेडिङ गर्न नपाइने भएपनि यी गाविसमा हरेक दिन साँझमा लोडसेडिङ हुने गरेको उनीहरुको गुनासो छ। पटक-पटक अनुरोध गर्दा पनि प्राधिकरणले लोडसेडिङ गरेपछी सडकमा प्रदर्शनमा उत्रेको उनीहरुले बताए।
    विद्युत नियमावलीमा प्रभावित क्षेत्रमा २४सै घण्टा विद्युत आपुर्ति तथा महशुलमा ५० प्रतिशत छुटको व्यवस्था छ। नियमअनुसार अधिकार खोज्न आन्दोलित हुनुपरेको स्थानीय तेजबहादुर पौडेल क्षेत्रीले बताए।
    प्रभावित क्षेत्रका लागि मात्रै वितरण गर्ने भनि राखिएको ट्रान्सफर्मरबाट थप ५ वटा गाविसमा विद्युत वितरण गरिएकाले क्षमता भन्दा बढी विद्युत खपत हुँदा लोडसेडिङ गर्नुपरेको मोदीखोला जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले बताए।

    Source :  Nagarik News