पिपुल्स हाइड्रोले ८२ लाख कित्ता आइपीओ निष्कासन गर्ने

1337

माघ ८, २०७७

लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना निर्माण गरिरहेको पिपुल्स हाइड्रोले ८२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। त्यसका लागि इपीओ निष्कासनका लागि सानिमा क्यापिटलाई ५ माघमा निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ।

हाइड्रोमा लगानीका लागि आवश्यक स्वपुँजीसमेत लगानी गर्न आफ्नो जारी पूँजी रु.२ अर्ब ७५ करोड मध्ये रु.८२ करोड ५० लाख बराबरको रु.१०० अंकित दरको ८२ लाख ५० हजार कित्ता शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागेको हो।

पिपुल्स हाईड्रो पावर कम्पनी ऐन, २०६३ बमोजिम २२ असोज २०६४ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा  दर्ता भएको कम्पनी हो। यो कम्पनी १५ फागुन २०७५ देखि पब्लिक लिमिटेड रुपान्तरण भएको हो।

याे कम्पनीले गण्डकी प्रदेश अन्तर्गत लमजुङ्गको दोर्दी गाउँपालिकामा बहने दोर्दी खोलाको पानी प्रयोग गरी जलविद्य्त् आयोजन निर्माण गरिरहेको छ। आयोजनाको करिव ७० प्रतिशत काम सकिएको छ। यो आयोनजाले असोज २०७८ बाट विद्युतको व्यापारिक उत्पादन गर्ने लक्ष्य अगाडि सारको छ।

स्रोत:हिमाल खबर