NEA signs PPA with two micro-hydro projects

    1246

    The Nepal Electricity Authority (NEA) has signed a Power Purchase Agreements (PPA) to buy electricity generated from two micro-hydro projects. With the signing of the PPA, two micro hydro projects–Leguwa Khola in Dhankuta and Syaure Bhumi in Nuwakot districts–with total installed generation capacity of 63 kilowatt will be connected to the national grid. The NEA will buy electricity from the micro-hydro projects at Rs 8.60 per unit during dry season and at Rs 4.80 in the wet season.

    The two projects were commissioned in 2007 with the technical and financial support of the Alternative Energy Promotion Centre (AEPC) and are managed by local communities. “This is a positive move to encourage private power developers to invest in alternative energy like micro- and mini-hydro projects,” said Ram Prasad Dhital, executive director at AEPC.

    १५ सय लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिदै, घट्ला त लोडसेडिङ् ?

    वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणबीच लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यका साथ विद्युत् खरिद सम्झौता भएको छ । केन्द्रका अनुसार सरकारको अनुदान सहयोगमा केन्द्रअन्तर्गत निर्माण भएका नुवाकोटको सिक्रे गाविसमा आयोजनास्थल रहेको २३ किलोवाट क्षमताको स्याउरे भूमि लघुजलविद्युत आयोजना र धनकुटाको मारेक कटहरेमा आयोजनास्थल रहेको ४० किलोवाट क्षमताको लेगुवा खोला लघुजलविद्युत आयोजनाको सम्झौता भएको हो ।

    सम्झौताअनुसार यी दुई आयोजनाबाट उत्पादित विद्युत् प्रति युनिट वर्षा कालमा चार रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ६० पैसा रहेको छ । बर्सेनि तीन प्रतिशतका दरले पाँच पटकसम्म मूल्यवृद्धिसहितको विद्युत् खरिद दर कायम हुने केन्द्रका सूचना अधिकृत कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

    पिपिए भएका दुबै आयोजना २०७० सालमा निर्माण सम्पन्न भएका हुन् । यी दुई लघु जलविद्युत् आयोजनाबाट हाल ६६६ घरधुरी लाभान्वित छन् । निर्माण सम्पन्न भएपछि दुबै आयोजनास्थलमा राष्ट्रिय प्रशारण लाइन विस्तार भएपछि यस्तो सम्झौता भएको हो ।

    पिपिएपछि आयोजना चौविसै घण्टा सञ्चालन हुने र प्राधिकरणबाट एकमुष्ट आम्दानी प्राप्त हुने हुँदा आयोजना आर्थिक रुपमा सवल भई दिगो रुपमा सञ्चालन हुने लेगुवा खोला लघुजलविद्युत् सहकारी संस्थाका अध्यक्ष यत्नबहादुर कटुवाल बताउछन् ।

    केन्द्रका सामुदायिक विद्युतीकरण विभागका व्यवस्थापक रणबहादुर थापाले लघु जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जडान गर्न सन् २००७ देखि नै पहल भएको बताउँदै सुरुका दिनदेखि नै राष्ट्रिय प्रसारणमा जोडिने आयोजनाको पहिचान, आयोजनाको प्राविधिक सम्भाव्यता अध्ययन, प्राधिकरणसँग समन्वय तथा आवश्यक नीति निर्माण तहमा केन्द्रले निरन्तर गरिरहेकोे बताए ।

    केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले खरिद सम्झौताले लघु जलविद्युत्को विकासमा यसले महत्वपूर्ण भूमिका खेल्नुको साथै भविष्यमा निजी लगानीकर्तालाई समेत लघुजलविद्युत्मा ढुक्क भएर लगानी गर्ने वातावरण बनेको बताए ।

    लघुजलविद्युत्मा प्रयोग हुने विद्युतीय सामाग्री, आयोजना निर्माण, जडान तथा व्यवस्थापनको गुणस्तरीयतालाई अभिवृद्धि गर्दै ग्रिड जडानयोग्य लघुजलविद्युत् आयोजना निर्माणको लागि सम्बन्धित सरोकारवालाको क्षमता अभिवृद्धि गरिनुपर्ने तथा हाल निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका आयोजनालाई आवश्यक अध्ययन गरी सम्भव भएसम्मका आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्नुपर्ने उनले बताए ।

    गत साउनमा केन्द्र र प्राधिकरणबीच लघुजलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध गर्ने विषयमा सैद्धान्तिक सहमति भएको थियो । सो सम्झौतासँगै देशभरका एकहजार ५०० भन्दा बढी लघुजलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने बाटो खुलेको छ ।

    रासस