नलगाड जलविद्युत् आयोजना ओझेलमा

    2680

    जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका–१ मा निर्माण हुने ४ सय १० मेगावाट क्षमताको जलाशययुक्त नलगाड जलविद्युत् आयोजना निर्माणको काम ओझेलमा परेको छ । सो आयोजना विकास समितिमार्फत सञ्चालन भइरहेको छ । १ वर्ष अघिदेखि जग्गाको मुआब्जा वितरण, पूर्वाधार निर्माणलगायत कार्यले गति लिन सकेको छैन । त्यस्तै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण पनि पूरा हुनसकेको छैन ।

    हाइड्रोपावर कम्पनीको ओझेलमा परेसँगै जग्गा अधिग्रहणमा परेका जग्गाधनीले समेत समयमा मुआब्जा पाउन सकेका छैनन् । नलगाड जलविद्युत् आयोजना विकास समितिलाई नलगाड हाइड्रो पावर कम्पनीमा परिवर्तन गरेयता उक्त आयोजना ओझेलमा परेको स्थानीयवासीको आरोप छ ।

    ‘विकास समितिमार्फत काम हुँदा आयोजनास्थलमा चहलपहलका साथ काम हुन्थ्यो, अहिले सुनसान छ,’ त्रिवेणी नलगाड नगरपालिका– ७ का वडाध्यक्ष कालीबहादुर सिंहले भने । रासस