मादमेखोला आयोजनामा ४ बैंकको ३३२ करोड ऋण लगानी, ३ वर्षमा बिजुली उत्पादन गर्ने लक्ष्य

2254

काठमाडौं । कास्कीमा रहेको २४ मेगावाटको मादमेखोला जलविद्युत आयोजना बनाउन लगानी जुटेको छ । एनएमबी बैंकको अगुवाईमा ४ वित्तीय संस्थाले ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएका छन ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी र प्रवर्द्धक कम्पनीका तर्फबाट मादमे खोला हाइड्रो पावर प्रालिले सुसन कर्माचार्यले सोमबार ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

आयोजनाको कुल लागत ४ अर्ब ४८ करोड रुपैयाँ अनुमान गरिएको छ । जसमध्ये  ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ अर्थात ७५ प्रतिशत बैंकहरुको ऋण लगानी हुनेछ । कर्मचारी सञ्चय कोषले ८२ अर्ब ५० करोड, प्रभु बैंक र एनआइसी एसिया बैंकले ५०/५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन । एनएमबीले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछ । २५ प्रतिशत स्वपुँजी भने प्रवर्द्धकहरूबाट जुटाउने योजना छ ।

कम्पनीले ३ वर्षभित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । उत्पादित विद्युत् विद्युत्गृहदेखि १९ किलोमिटर टाढा माथिल्लो मादीको स्वीचयार्डमा जोडिनेछ ।

स्रोत : क्यापिटल नेपाल