काठमाडौंमा लाङटाङको पानी, चीनलाई बिजुली

    1353

    नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले लाङटाङको पानी काठमाडौंमा ल्याउनेदेखि छिमेकी राष्ट्र चीनलाई बिजुली बेच्नेसम्म योजना सुनाएका छन् ।

    ग्लोबल वाटर पार्टनरसिप र जलस्रोत विकास संस्थाले शुक्रबार राजधानीमा गरेको १८ औं वार्षिक साधारणसभामा आयोजित आख्यानमाला (लेक्चर सेरिज) मा विशेष अतिथिको रूपमा उपस्थित कुलमानले यस्ता योजना सुनाएका हुन् । सरकारका अधिकांश पूर्वसचिव, जलस्रोतविद्लगायत सहभागी कार्यक्रममा उनले भने, “रसुवाको लाङटाङमा जलाशययुक्त आयोजना निर्माण गरेर त्यो पानी २१ किलोमिटर सुरुङमार्फत हेलम्बुमा ल्याएर त्यहाँ पनि ४ सय मेगावाट बिजुली निकालेर काठमाडौंवासीलाई स्वच्छ खानेपानी दिन सकिन्छ ।” नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले लाङटाङको पानी काठमाडौंमा ल्याउनेदेखि छिमेकी राष्ट्र चीनलाई बिजुली बेच्नेसम्म योजना सुनाएका छन् । ग्लोबल वाटर पार्टनरसिप र जलस्रोत विकास संस्थाले शुक्रबार राजधानीमा गरेको १८ औं वार्षिक साधारणसभामा आयोजित आख्यानमाला (लेक्चर सेरिज) मा विशेष अतिथिको रूपमा उपस्थित कुलमानले यस्ता योजना सुनाएका हुन् । सरकारका अधिकांश पूर्वसचिव, जलस्रोतविद्लगायत सहभागी कार्यक्रममा उनले भने, “रसुवाको लाङटाङमा जलाशययुक्त आयोजना निर्माण गरेर त्यो पानी २१ किलोमिटर सुरुङमार्फत हेलम्बुमा ल्याएर त्यहाँ पनि ४ सय मेगावाट बिजुली निकालेर काठमाडौंवासीलाई स्वच्छ खानेपानी दिन सकिन्छ ।” छिमेकी राष्ट्र चीनले तिब्बतदेखि गेरुङसम्म ५०० केभीको २ हजार किलोमिटर लामो प्रसारणलाइन नेपालकै लागि बनाउन लागेको र गेरुङमा सवस्टेसन बनाइ ४०० केभीमा नेपालसम्म ल्याउने योजनाका साथ काम अघि बढेको उनको भनाइ छ । “गेरुङबाट केरुङ र रसुवागढी हुँदै २५० किलोमिटरमा गल्छीसम्म ल्याउने गरी योजना अघि बढेको छ,” उनले भने, “चीन भ्रमणको क्रममा उनीहरूले त्यो लाइनमार्फत नेपाललाई १५ सय मेगावाट बिजुली दिन तयार रहेको बताएका छन्, नेपालले दिएमा किन पनि तयार रहेको बताएका छन् ।” उनले चीनका अन्य प्रदेशमा बिजुली आवश्यक रहेको र लक्ष्यअनुसार उत्पादन बढाउन सकेमा हामीले भोलि चीनलाई बिजुली बेच्न सक्ने सम्भावना पनि रहन्छ । गत वर्षामा भारतलाई ५ करोड बराबरको बिजुली नेपालले बेचेको र हाल भारतबाट ३ सय ७२ मेगावाट आयात गरिरहेको भन्दै उनले भारतसँग इनर्जी बैंकिङको लागि छलफल अघि बढाएको पनि सुनाए । “बजार भयो भने नेपालले डेढ-दुई लाख मेगावाटसम्म विद्युत् उत्पादन गर्न सक्ने क्षमता छ, हाम्रो लागि भारत र वंगलादेश पनि राम्रो बजार हुन्,” उनले भने, “यसका लागि विजुली बिक्रीका लागि खुला बजार बनाउन भने आवश्यक छ ।” उनले भारतसँग बुटवल–गोरखपुरबाहेक नै थप दुई अन्तरदेशीय प्रसारणलाइनको लागि छलफल अघि बढेको उल्लेख गर्दै विद्युत् प्राधिकरणले आगामी दिनमा ४ सय केभीभन्दा ठूला प्रसारणलाइन मात्र बनाइने बताए । छलफलमा उनले स्मार्ट मिटर, ग्रिड सिष्टम, चार्जिङ स्टेसनहरूको प्रवद्र्धन, सवस्टेसनमा स्टोरेज ब्याट्री वितरण प्रणालीको व्यापक सुधारलगायतका योजना अघि बढाउन लागेको जानकारी दिएका थिए ।

     जलविद्युत् विकासका लागि हामीले कहाँ र कसरी नेतृत्व गरिरहेका छौ भन्ने बारेको आख्यानमालामा जलस्रोत विकास संस्थाका कोषाध्यक्ष डा. उपेन्द्र गौतमले कुलमानको प्रशंसा गर्दै जलविद्युत् विकासमो भावी योजनासँग आत्मनिर्भरता जोडिएको बताएका थिए । घिसिङले भने तामाकोशी बनेपछि वर्षाको अफ पिक आवरमा बिजुली खेर जाने र हिउँदको पिक आवरमा भने अझै ५ वर्ष अपुग हुने सुनाएका थिए ।

    स्रोत: कारोबार