Kalilgandaki Gorge Hydropower Project uncertain

    1685

    Kaligandaki Gorge Hydropower ProjectMYAGDI, May 3: The Kaligandaki Gorge Hydropower Project (164 Megawatt capacity) has been uncertain following dispute with the Electricity Development Department (EDD).

    Approval of the Environmental Impact Assessment (EIA) report and Power Purchase Agreement (PPA) could not be forwarded when the license of the project was not renewed for the last two and half years, said Gyanendra Lal Pradhan, Chairman of the Hydro Solution, Kathmandu.

    He expressed concern that the investors, who keep interest for the construction, might go back due to the uncertainty.He claimed that process of EIA and PPA for the construction of the project could not be forwarded due to the lingering on process from the EDD.

    It has been reported that the Nepali skill and knowledge would be used for the construction of the project that is to be constructed under the technical support of Hydro Solution, Kathmandu.

    Investors from India, USA and Canada, among other countries have shown interest to invest an estimated cost of Rs. 25 billion for the construction of the project.
    The project had acquired the land more than 300 ropanis and distributed Rs. 30 million as compensation.

    The project was targeted to conclude by 2014 constructing a dam at Ghansa of Mustang district and it is planned to construct powerhouse in Narchyang VDC of Myagdi district but is still uncertain.

    Source : RSS

    ———————————————————————————————————————————————————————-

    कालीगण्डकी गर्ज जलविद्युत् आयोजना अन्योलमा

    म्याग्दी – म्याग्दीमा निर्माण हुन लागेको एक सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना अलपत्र परेको छ। विद्युत् विकास विभागसँग विवाद परेपछि कालीगण्डकी गर्जको अनुमतिपत्र साढे दुई वर्षदेखि नवीकरण भएको छैन। कालीगण्डकी नदीमा निर्माण हुन लागेको आयोजनाको अनुमति नविकरण हुन नसक्दा इआइए रिपोर्ट स्वीकृत र पिपीए सम्झौता हुन सकेको छैन।
    अन्योलका कारण लगानीकर्ता फिर्ता हुने सम्भावना बढेको छ। विद्युत् विकास विभागको ढिलासुस्तीले इआइए र पिपीए हुन नसकेको हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले बताए। उनले अनुमति नवीकरण रोकिएकाले लगानीकर्ता फर्कने चिन्ता व्यक्त गरे।

    हाइड्रो सोलुसन काठमाडौँको प्राविधिक परामर्शमा निर्माण हुन लागेको आयोजनामा नेपाली सीप र ज्ञानको उपयोग गरिने बताइएको छ। रु पच्चीस अर्ब लगानी हुने यो आयोजनाका लागि भारत, अमेरिका, क्यानाडाका लगानीकर्ताले इच्छा देखाएका छन्।

    आयोजनाले तीन वर्षअघि प्रभावित क्षेत्रमा ३०० रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरी रु तीन करोड मुआब्जा पनि वितरण गरेको थियो। मुस्ताङको घाँसामा बाँध बाँधेर पाँच किलोमिटर सुरुङमार्फत म्याग्दीको नारच्याङ गाविसमा विद्युत्गृह बनाइने यो आयोजना सन् २०१४ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएपनि अझसम्म निर्माण सुरु नहुँदा अन्योलता बढेको छ।

    रासस