रुदीखोला ‘ए’ मा क्षति

    1633

    लमजुङ, असार २१ गते । लगातार परेको वर्षाले लमजुङ र कास्की सीमा रुदी खोलामा निर्माणाधीन ८.८ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काममा अवरोध पु¥याएको छ । वर्षासँगैको बाढी पहिरोले आयोजनाको निर्माण भइसकेका संरचना र सडकमा क्षति पु¥याएको छ ।

    चालू आर्थिक वर्षमै सक्ने भनिएको आयोजनामा बाढीपहिरोले क्षति पु¥याउनुका साथै निरन्तर वर्षाले काममा अवरोध पु¥याउँदा निर्माण कार्य दुई महिना ढिला हुने भएको आयोजनाले जनाएको छ । आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर सरोज भट्टराईका अनुसार आयोजनाको परीक्षण उत्पादन भदौ अन्तिममा हुनेछ । हामीले काम दु्रत गतिमा अगाडि बढाएका थियौँ । वैशाख जेठबाटै पानी प¥यो । असार लागेपछि पानीले काम गर्न दिएन । यहि बेला बाढीपहिरो भयो । असारभित्र काम नसक्ने भयौँ, उहाँले भन्नुभयो ।

    भट्टराईका अनुसार बाढीपहिरोले आयोजनाको पेनस्टक पाइप राखिसकेको ठाउँमा पहिरोले पाइप हानेकाले दोहो¥याएर काम गनुपर्ने भएको छ । कुनै ठाउँमा कुच्याइदिँदा पेनस्टक पाइप फेर्नुपर्ने भएको उहाँले बताउनुभयो । यस्तै सर्ज पाइपमा पहिरोले गर्दा ऐकर ब्लकको ढलान हुन नसकेको उहाँले बताउनुभयो । पहिरोले सडक अवरुद्ध बनाउँदा आवश्यक निर्माण सामाग्री ढुवानीमा समेत समस्या परेको उहाँले बताउनुभयो । भट्टराईका अनुसार आयोजनाको काम लगभग सकिइसकेको छ । पावरहाउसको काम सकिइसकेको छ । इलेक्ट्रोमेकानिकल अन्तर्गत टबाईन र जेनेरेटरको जडान कार्य सकिएको छ । हेडवक्र्स अन्तर्गत सिभिलको काम सकिएको छ । हेडरेस पाइप जडानको काम सकिएको छ । ट्रान्समिसन लाइनको काम सकिएको छ । हाइड्रोमेकालिकलतर्फ गेट राख्ने काम भइरहेको उहाँले बताउनुभयो ।

    पेनस्टकमा दुईवटा एङ्कर ब्लक ढलानको काम बाँकी छ । सर्ज पाइपमा दुईवटा एङ्कर ब्लक ढलानको काम वर्षाका काराण प्रभावित भएको उहाँले बताउनुभयो । हामी सबै काम अबको ४५ दिनभित्र सक्ने योजनामा छौँ । भदौ अन्तिममा परीक्षण उत्पादन पछि केन्द्रीय प्रसारण लाइनमा बिजुली जोडिनेछ, उहाँले भन्नुभयो ।

    बेलिना थापा

    स्रोत:गोर्खापत्र