सालासुङ्गी जलविद्युतमा १४ अर्ब विदेशी लगानी

    1662

    काठमाडौं। रसुवा जिल्लामा निर्माण हुने ७८ मेगावाट क्षमताको सालासुङ्गी जलविद्युत आयोजनामा चिनियाँ कम्पनीको १४ अर्ब रुपैयाँ विदेशी लगानी स्विकृत भएको छ।

    उद्योग तथा लगानी प्रवर्द्धन बोर्डको सोमबार बसेको बैठकले चिनियाँ कम्पनी चाइना हार्वर इन्जिनियरिङलाई १४ अर्ब रुपैयाँ बराबरको शेयर लगानी गर्न स्विकृति दिएको हो।
    १५ अर्ब ३८ करोड ७० लाख रुपैयाँ कूल पूँजी भएको उक्त जलविद्युत आयोजनामा चिनियाँ कम्पनीले ९२ प्रतिशत शेयर लिँदै १४ अर्ब ८८ लाख ४० हजार रुपैयाँ लगानी गर्ने भएको छ।
    रसुवाको गोसाईकुण्ड गाउँपालिकामा निर्माण हुने उक्त जलविद्युत आयोजनाको प्रवर्द्धक सालासुङ्गी पावर लिमिटेड रहेको छ।
    हिमाल हाइड्रोले पनि पूँजी वृद्धिको अनुमति पायो
    विदेशी लगानीको कम्पनी हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले पनि ४४ मेगावाटको जलविद्युत आयोजनामा विदेशी शेयर लगानी स्विकृत गराएको छ। हिमाल हाइड्रोले एक लाख कित्ता शेयर बराबर विदेशी लगानी पूँजी वृद्धिको लागि स्विकृत गराएको हो।
    Source: Bizmandu