भारतबाट आउने बिजुली सस्तियो

1464

मंसिर १०, २०७७

काठमाडौं : नेपालले भारतबाट आयात गर्ने बिजुलीको भाउ सस्तिएको छ । भारतबाट ४.३४ भारतीय रुपैयाँ अर्थात ६.९४ रुपैयाँ नेपालीमा आयात हुँदे आएकोमा प्रतियुनिट २५ पैसा अर्थात ४.१८ भारतीय रुपैयाँ अर्थात ६.६८ रुपैयाँमा झरेको छ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट बिजुली ल्याउनका लागि तोकिएको नोडेल एजेन्सी एनभीभीएनले गरेको सम्झौता नवीकरण अनुसार ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ल्याउने बिजुली सो भाउ तोकिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डिसेम्बर १ देखि अप्रिलसम्मका लागि विद्युत् आयात गर्नका लागि सम्झौता नवीकरण भएको जानकारी दिए । प्राधिकरणले गरेको सम्झौताअनुसार डिसेम्बरदेखि अप्रिलसम्म ३ सय ५० मेगावाट, जुलाईदेखि नोभेम्बरसम्म ३ सय ५० मेगावाट तथा मे र जुन महिनामा २ सय मेगावाटसम्म आयात गर्नेछ । प्राधिकरणले आगामी हिउँदका लागि ५ सय मेगावाटसम्म आयात गर्ने लक्ष्य राखेको छ । प्राधिकरणका अनुसार, पाँच वटा १३२ केभीका प्रसारण लाइनमार्फत ६.१८ भारतीय रुपैयाँ, ३३ केभीको प्रसारण लाइनमार्फत ६.६८ भारतीय रुपैयाँ तथा टनकपुरबाट ४.१४ भारतीय रुपैयाँमा बिजुली किन्दै आएको छ ।

तुलनात्मक रुपमा नेपाल भारतबीचको पहिलो ४ सय केभीको पहिलो अन्तरदेशीय प्रसारणलाइनबाट आउने बिजुलीको भाउ भने कम छ ।

स्रोत: कारोबार