Demand for Upper Tamakoshi Share by Ramechhap locals

    2867

    uppertamkoshi_intakeरामेछापका राजनैतिक दलहरुले दोलखाको लामावगरमा निर्माणाधिन अप्पर तामाकोशि जलविद्युत आयोजनाको शेयर रामेछापका जनताहरुले पनि किन्न पाउनुपर्ने माग राखेका छन् ।

    उक्त जलविद्युतको प्रशारण लाइन रामेछाप जिल्लाको भुभाग हुदै जाने भएका कारण रामेछाप जिल्ला तल्लो तटिय क्षेत्र प्रभावित हुने भएकाले  शेयरको माग गर्ने निर्णय गरिएको हो । सो आयोजनाले दोलखा जिल्लाका स्थानीय वासीले मात्र  शेयर खरिद गर्न पाउने  निर्णय गरेको थियो ।  रामेछापको मन्थलीमा नेपाली कांगे्रस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी लगायतको सर्वदलिय बैठकले सो निर्णय गरिएको हो ।
    बैठकले रामेछापमा स्वीस सरकार र नेपाल सरकारको संयुक्त लगानीमा  हुन लागेको बृहत खानेपानीको  काम  सर्बे लगत स्टमेट तयार भइसकेको दुइ वर्ष वितिसक्दा पनि सरकाले चासो नदेखाउदा काम प्रभावित भएकोले यथासक्य चाडो आयोजनाको काम अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।
    त्यस्तै गरी नेपाल सरकारद्धारा यसै आर्थिक वर्षमा संञ्चालनमा आउने मध्य पहाडि लोकमार्ग काभ्रेको पाँचखाल –दोभानटार रामेछापको सित्खा बेनी घाट हुँदै पुन खुर्कोटबाट घुर्मी हुँदै खोटाङको रुट कायम हुने गरी सर्भे डिजाइन भैरहेकोमा उक्त सडक खण्ड मध्य पहाडि क्षेत्रका जनताहरुलाई कुनै फाइदा नपुग्ने भएकोले उक्त सर्बे डिजाइनलाई तत्काल बन्द गरी  पाँचखाल–दोलालघाट–चौबास –चौरी– गुराँसे–गाल्वा बाट मन्थली – साघुटार–ओखलढुंगा हुँदै हलेसी खोटाङको रुट कायम गरी सर्बे डिजाइन गर्न पनि  नेपाल सरकार सँग माग गरेको छ ।
    त्यसैगरी बैठकले रामेछाप जिल्लामा सञ्चालन हुन  लागेको सडस निर्माण सम्बन्धिको परियोजना विबिध कारणवस अगाडि बढन नसकेको हुँदा स्थानीय स्वायत्त शासन ऐन नियमावली अनुसार जिविसको अधिकार हनन नहुने गरी तत्काल कार्यक्रम सञ्चालन गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णय समेत गरिएको नेपाली काँग्रेसका उप सभापति झप्पड राज भण्डारीले जानकारी दिए ।
    Source : Karobar Daily