Chhyangdi Khola Hydropower , Start generating electricity

    1403

    पूर्वी लमजुङको फलेनी र बन्सार गाविसको बीचको छ्याङदी  खोलामा निर्माण गरिएको छ्याङदी खोला जलबिद्युत आयोजनाबाट बिद्युत उत्पादन सुरु भएको छ ।

    मुलुकमा जारी चरम विद्युत संकटकाबीच २ मेघावाट क्षमताको सो आयोजनाले उत्पादन सुरु गरेको हो । 

    घट्टे खोला र छ्याङदी खोलाको दोभानमा बाँध बाँधेर २२ सय मिटर लामो पेनस्टकमार्फत ल्याइएको पानीलाई फलेनी–१ दारिमबोटमा निर्माण गरेको विद्युत् गृहमा पु¥याएर विद्युत् उत्पादन सुरु भएको आयोजनाले जनाएको छ । 

    छ्याङदी आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच सुख्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरी विद्युत् खरिद सम्झौता (पीपीए) भएको थियो । 

    एक÷एक मेगावाट क्षमताका २ वटा टर्बाइनजडित यस आयोजनको कुल ग्रस हेड १ सय ८५ मिटर  छ ।

    सोमबारबाट उत्पादन भएको बिद्युत आयोजना आफैंले निर्माण गरेको ट्रान्समिसन लाईनमार्फत राष्ट्रिय प्रशारण लाईन उदीपुर सव–स्टेशनमा जोडिएको छ । 

    आयोजनाबाट अहिले ६ सय किलोबाट बिद्युत उत्पादन भएको प्रबद्र्धक कम्पनी छयाङ्दी हाइड्रोपावरका कार्यकारी सञ्चालक लालबहादुर थापाले बताए । 

    ‘आयोजनाबाट बर्षाको सिजनमा २ मेघावाट र सुख्खा सिजनमा उत्पादनमा केही कमी हुने उनले बताए ।  निर्माण थालेको डेढ वर्षमै आयोजन निर्माण सकिएपछि जिल्लाका अन्य जलविद्युत् आयोजनाका प्रवद्र्धक पनि उत्साहित छन् । 

    जिल्लामा निर्माण सम्पन्न भएका जलबिद्युत आयोजना मध्ये तोकिएको समयमा सम्पन्न गर्ने जलविद्युत आयोजनामध्ये छ्याङदी दोस्रो भएको छ । 

    यसअघि ४.४ मेगावाटको राँधी जलबिद्युत आयोजनापनि तोकिएकै समयमा निर्माण सम्पन्न भएको थियो । 

    छ्याङदी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व अन्र्तगत बिद्यालय निर्माण, सडक र ग्रामिण विद्युतीकरणमा सहयोग गरेको सञ्चालक थापाले जानकारी दिए । 

    जलविद्युत आयोजनाले परिक्षण प्रशारणको १५ दिन निःशुल्क रुपमा नेपाल बिद्युत प्राधिकरणलाई उपलब्ध गराउनु पर्ने सरकारी प्राबधान छ ।