Butwal Power Company gained profit

    1163

    काठमाडौं, माघ २८ । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्ष २०७२/७३ को दोस्रो त्रैमासमा गत वर्ष भन्दा ३३ दशमलव १६ प्रतिशतले बढेर ८ करोड १८ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । कम्पनीले गत वर्ष सोहि अवधिमा ६ करोड १४ लाख रुपैयाँ कमाएको थियो ।

    कम्पनीले जगेडाकोषमा १ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ पु¥याएको छ । लगानी १ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ गरेको छ । कम्पनीको सञ्चालन आम्दानी ३२ दशमलव ३६ प्रतिशतले वृद्धि भई ३६ करोड ६८ लाख रुपैयाँ रहेको छ भने सञ्चालन खर्च २५ दशमलव ०७ प्रतिशतले घटेर १२ करोड ५ लाख रुपैयाँ रहेको छ ।

    बुटवल पावरको प्रतिशेयर आम्दानी ४ दशमलव ८९ प्रतिशत रहेको छ भने मुल्य आम्दानीको अनुपात १ सय २३ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २ सय ९ दशमलव ५८ रुपैयाँ रहेको छ ।

    त्यस्तै, सानिमा माई हाइड्रोपावर कम्पनीले दोस्रो त्रैमासमा खुद मुनाफा १ करोड ९२ लाख रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले गत वर्ष पनि सोहि अवधिमा ९५ लाख रुपैयाँ नोक्सानमै रहेको थियो ।

    कम्पनीको चालु सम्पत्ति ३३ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने चालु दायित्व ४१ करोड ४६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जम्मा आम्दानी १७ करोड ४६ लाख रुपैयाँ रहेको छ भने खर्च १ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

    प्रतिशेयर आम्दानी १ दशमलव ८३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय १ दशमलव ८३ रुपैयाँ रहेको छ । कम्पनीको बजार शेयर मुल्य ८ सय २५ रुपैयाँ रहेको छ ।

    स्रोत : आर्थिक