जलविद्युत्लाई वन क्षेत्र प्रयोग अनुमति

    1348

    काठमाडौँ — सरकारले ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीलाई निर्माण क्षेत्रमा पर्ने वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले माथिल्लो त्रिशूली ३ ‘बी’ आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको जानकारी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले दिए ।

    विद्युत् प्राधिकरणको सहायक कम्पनीले उक्त आयोजना निर्माणका लागि लाइसेन्स लिई काम अघि बढाएको छ । माथिल्लो त्रिशूली ३ ‘बी’ ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए आयोजनाबाट बिजुली उत्पादनपछि छाडिने पानीलाई सोझै सुरुङमार्फत विद्युत्गृहमा लगी बिजुली निकाल्ने क्यास्केड आयोजना हो । यो आयोजनाका लागि त्रिशूली नदीमा इन्टेक (बाँध) बनाउनु पर्दैन ।

    सरकारले खाद्यान्न ढुवानी अनुदानका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई थप ७ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

    स्रोत:कान्तिपुर