66% Construction of Upper Tamakoshi Hydro Completed

    1068

    Lot -1 Civil Constitution – 70 % Completed

    Lot-2  Hydro Mechanical  – 50 % Completed

    Lot-3 Electro Mechanical – Reached to site

    Lot-4 Transmission Line – 10 Km out of 46 Km completed

     upper tamakoshiअसार २१, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य करीब ६६ प्रतिशत पूरा भएको छ । ४ सय ५६ मेगावाट क्षमताको सो आयोजना राष्ट्रिय गौरवको आयोजना हो । विभिन्न ४ लटमार्फत निर्माण शुरू गरिएको आयोजनाको शुक्रवारसम्मको कार्यप्रगति प्रतिवेदनअनुसार दुई तिहाई निर्माण पूरा भएको आयोजनाका वातावरण विभाग प्रमुख एवम् प्रवक्ता डा. गणेश न्यौपानेले अभियानलाई बताए । उनका अनुसार मासिक भुक्तानी प्रतिवेदनका आधारमा पनि ६५ प्रतिशत निर्माण कार्य पूरा भएको देखिन्छ ।


    दोलखाको उत्तरी क्षेत्रमा पर्ने लामाबगरमा निर्माण भइरहेको आयोजनामा लट–१ को मुख्य ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिल निर्माण कार्य करीब ७० प्रतिशत पूरा गरिसकेको पनि डा. न्यौपानेले बताए । उनका अनुसार सिभिल निर्माण कार्यअन्तर्गतको बाँध निर्माणको काम ६० प्रतिशतभन्दा बढी र मुख्य सुरुङको निर्माण कार्य  ८२ प्रतिशत पूरा भइसकेको छ । कुल १६ किलोमिटर सुरुङमध्ये १३ दशमलव २ किलोमिटर निर्माण भइसकेको उनले जानकारी दिए ।

    सिभिल निर्माण कार्यअन्तर्गतको सबैभन्दा चुनौतीपूर्ण मानिएको विद्युत्गृह खन्ने काम पनि पूरा भइसकेको छ भने ६ ओटा ट्रान्सफर्मर तथा टर्वाइन क्याभर्नमध्ये चारओटाको निर्माण कार्य पनि सकिइसकेको छ । डिजाइन परिवर्तन गरी खन्न शुरू गरिएको पेनस्टक साप्mटको करीब ३ हजार ५ सय मिटरमध्ये करीब ३ हजार ३ सय मिटरको  निर्माण कार्य पनि पूरा भइसकेको छ ।

    लट–२ को भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इञ्जिनीयरिङले इलेक्ट्रो–मेकानिकल कार्यअन्तर्गत बाँधस्थलमा गेट हबसम्बन्धी कार्यहरू ५० प्रतिशत पूरा गरेको छ । त्यस्तै विद्युत्गृहमा पनि ट्रान्सफर्मरको पाइपिङसम्बद्ध कामहरू अन्तिम चरणमा पुगेको बताइएको छ । लट–३ को अष्ट्रियन ठेकेदार कम्पनी एण्ड्रिज हाइड्रोले टर्वाइनका पाटर््सहरू आयोजनास्थल पु¥याई ‘डेभलपिङ’ कार्य गरिरहेको आयोजनाले बताएको छ ।

    आयोजनाको लट–४ अन्तर्गत पर्ने विद्युत् प्रसारणका लागि २२०÷१३२ केभीको प्रसारण लाइन निर्माण कार्य पनि भारतीय कम्पनी केईसी इण्टरनेशनल लिमिटेडले शुरू गरिसकेको छ । केईसीले गोङ्गरखोलादेखि खिम्तीसम्मको ४७ किलोमिटरमध्ये पहिलो चरणमा करीब १० किलोमिटर प्रसारण लाइनको निर्माण थालिसकेको प्रवक्ता डा. न्यौपानेले जानकारी दिए ।

    प्रसारण लाइनका लागि ओराङ गाविसदेखि नाम्दु गाविससम्म जग्गा अधिग्रहण गरिसकेको भए पनि केईसीले प्रथम चरणअन्र्तगत लामिडाँडाको सिँगटीदेखि सुनखानी गाविसको नागदहसम्ममा पर्ने करीब २८ ओटा टावरको काम गर्नेछ । आयोजनाका अनुसार करीब १ सय २५ ओटा टावरमध्ये ६३ ओटा टावरको सम्पूर्ण सामग्री निर्माणस्थलमा पु¥याइसकिएको छ । २०७२ चैतसम्म सम्पन्न हुने भनिएको यो आयोजनाको अनुमानित लागत करीब रू. ३५ अर्ब २९ करोड  रहेको छ ।

    Source : Abhiyan