म्याग्दीमा २५ मेगावाटको जलविद्युत् आयोजना अलपत्र

    1746

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा निर्माण हुने भनिएको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना अलपत्र अवस्थामा रहेको छ । ३ अर्ब ९३ करोड रुपैयाँ प्रारम्भिक कुल लागत रहेको सो आयोजना स्वदेश तथा विदेशमा रहेका म्याग्दीबासीको लगानीमा निर्माण गर्न थालिएको हो । दरवाङ कालिका हाइड्रो प्रालिले निर्माणको जिम्मा लिएको सो आयोजना बैङ्कको लगानी तथा शेयरबाट सङ्कलन भएको रकमबाट सम्पन्न गरिने प्रवर्द्धकले बताएका छन् ।  

    १ वर्षअघि आयोजना निर्माणको विषयमा देखिएको विवाद

    ले निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिएन । त्यपछि स्वदेश तथा विदेशमा रहेका जिल्लाबासीको लगानीलाई प्राथमिकतामा राखेर निर्माणकार्य शुरू गर्ने सहमति भए पनि आयोजनाले गति लिन नसकेको स्थानीयले बताएका छन् । आयोजना स्थलको पानी, माटो जाँचसहित निर्माण प्रक्रियाका बारेमा स्थलगत अनुगमनबाहेक अन्य कुनै काम नभएको स्थानीयको भनाइ छ । तर, दरवाङ कालिका हाइड्रोका अध्यक्ष विनोद कुवँरले आयोजनाको ‘टेक्निलक पार्ट’को काम अघि बढेको र यो आयोजना जसरी भएपनि सम्पन्न गर्ने बताएका छन् ।

    ‘यो जिल्लाकै गौरवको आयोजना हो, धेरै पैसा खर्च भइसकेको छ,’ अध्यक्ष कुवँरले भने, ‘हामी यसलाई जसरी भए पनि सम्पन्न गर्छौं, विभिन्न प्राविधिक कुरा मिलाउनुपर्ने भएकाले ढिला भएको हो ।’

    आयोजनाको लगानीको सम्बन्धमा विवाद भएपछि विद्युत् खरीद सम्झौतासहित विभिन्न प्रक्रिया पूरा गरे पनि आयोजनाले गति लिन सकेको छैन ।

    पीपीए सम्झौतामा प्राधिकरणले प्रवर्द्धकसँग वर्षात्को ८ महीना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महीना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए गरेको छ ।

    स्रोत:अभियान