हिमालयन पावर पार्टनरले सर्वसाधारणलाई सेयर दिने

    1991

    काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ ।

    २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको हिमालयनले २१ करोड ३० लाख ४३ हजार रुपैयाँबराबरको २१ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा अनुमति दिएको छ ।
    कम्पनीको सेयर बिक्री प्रवन्धकमा ग्लोबल आर्र्ईएमई क्यापिटल लिमिटेड रहेको छ । हिमालयनले यसअघि आयोजना प्रभावित स्थानीयलाई १० प्रतिशत सेयर बिक्री गरिसकेको छ ।

    स्रोत:बाह्रखरी