हिउँदमा दैनिक १२ घन्टा लोडसेडिङ

    2998

    काठमाडौ, कार्तिक ७

    Light-Bulb-Idea-Handभारतबाट थप ७४ मेगावाट बिजुली ल्याउन सकिने गरी प्रसारणलाइनमा भएको सुधार र आसोजमा आएर कुलेखानी जलाशय भरिए पछि अगामी हिउँदमा दैनिक लोडसेडिङको समय १२ घन्टामा सीमित हुने भएको छ । विद्युत् प्राधिकरणको दाबीअनुसार मंसिरदेखि नै थप ७४ मेगावाट बिजुली आयात गर्न लागिएकाले लोडसेडिङको समय गत वर्षभन्दा दैनिक २ घन्टा कम हुने भएको छ ।

    अघिल्लो वर्ष हिउँदमा बढीमा १४ घन्टासम्म लोडसेडिङ भएको थियो । भारतबाट थप बिजुली आयात गर्ने व्यवस्था नमिलाइएको भए बर्सेनि बढ्ने विद्युत्को मागका कारण दैनिक लोडसेडिङ १७ घन्टा पुग्ने प्रक्षेपण गरिएको थियो ।

    यस वर्ष लोडसेडिङ बढ्न नदिन प्राधिकरणले भारतीय पावर ट्रेडिङ कम्पनी (पीटीसी) र भारतीय विद्युत् विकास कम्पनीसित हिउँदमा विराटनगरको कटैया-कुसाहाबाट थप ७० र टनकपुर-महेन्द्रनगर प्रसारण लाइनबाट थप १० मेगावाट आयात गर्ने सहमति गरिसकेको छ ।

    अघिल्लो वर्ष हिउँदमा प्राधिकरण्ाले भारतबाट बढीमा १ सय ८० मेगावाटसम्म विद्युत् आयात गरेकामा आगामी हिउँदमा लोडसेडिङ दैनिक बढीमा १२ घन्टाबाट बढ्न नदिन २ सय ५४ मेगावाटसम्म बिजुली आयात हुनेछ ।

    प्राधिकरणले भारतबाट विद्युत् आयात गर्ने प्रमुख मार्ग (कटैया-कुसाहा प्रसारण लाइन) गुणस्तरीय कन्डक्टर फेरेर अपग्रेड गर्ने अन्तिम चरणमा पुर्‍याएको छ । प्राधिकरणले उक्त प्रसारण्ा लाइनको नेपालतर्फको १२ किमि खण्डको स्तरोन्नति गरिसकेको छ । उक्त प्रसारण लाइनको भारतीय भूमिमा पर्ने तीन किमि खण्डको स्तरोन्नति गर्न भारतीय सरकारले हालै स्वीकृति दिएको प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले बताए ।

    ८० मेगावाट विद्युत् मात्र आयात निर्यात गर्न सकिने उक्त प्रसारण लाइनको अपग्रेड गरिसकेपछि दोब्बर बढी १ सय ६० मेगावाटसम्म विद्युत् ल्याउन सकिन्छ । प्राधिकरण्ाले उक्त प्रसारण्ा लाइनको नेपालतर्फ पर्ने १२ किमि खण्डको अपग्रेड गर्ने कार्य सम्पन्न गरिसकेको छ । भारततर्फ पर्ने ३ किमि खण्डमा भारतीय सरकारको स्वीकृति आउन समय लागेकाले प्रसारण लाइनको अपग्रेड गर्ने कार्यमा केही ढिलाइ भएको हो ।

    ‘भारतीय सरकारले आफ्नोतर्फको प्रसारण लाइन अपग्रेड गर्न लिखित स्वीकृति दिएको छ । अब त्यहाँ पनि अपग्रेड गर्ने कार्य अब छिट्टै सुरु हुन्छ,’ कार्कीले कान्तिपुरसित भने ।

    प्राधिकरण्ाका भार प्रेषण्ा केन्द्रका प्रमुख भुवन क्षेत्रीले भारतीय खण्डतर्फ सामान लैजान दुई साताजति लाग्ने र तिहारको लगत्तै प्रसारण लाइन अपग्रेड गर्ने कार्य सुरु हुने जानकारी दिए । ‘सामान लान मात्र समय बढी लाग्ने हो, भारततर्फको प्रसारण लाइन अपग्रेड गर्न तीन/चार दिन मात्र लाग्छ । प्रसारण्ा लाइन अपग्रेड गरेपछि ८० मेगावाट मात्र बिजुली ल्याउन सकिने कटैया-कुसाहा प्रसारण लाइनबाट दोब्बर अर्थात १ सय ६० मेगावाटसम्म विद्युत् आयात गर्न सकिनेछ,’ क्षेत्रीले भने ।

    भारततर्फको प्रसारण लाइनमा फेरिने गुणस्तरीय कन्डक्टरको खर्चसमेत प्राधिकरणले नै बेहोर्नेछ, उक्त प्रसारण लाइन नेपालतर्फ बिजुली ल्याउन मात्र प्रयोग हुने भएकाले प्राधिकरणले खर्च बेहोर्नुपरेको हो । मंसिर पहिलो सातादेखि नै उक्त प्रसारण लाइनबाट दोब्बर क्षमतामा बिजुली ल्याउन सकिने जानकारी उनले दिए । उनले हिउँदमा उक्त प्रसारण लाइनबाट १ सय ५० मेगावाटसम्म बिजुली आयात गर्ने प्राधिकरणको योजना छ । ‘यस वर्ष कुलेखानीको जलाशय पनि भरियो र कटैया-कुसाहा प्रसारण लाइनको स्तरोन्नति कार्य पनि कात्तिक अन्तिमसम्म सकिन्छ । त्यहाँबाट ८० बाट बढाएर १ सय ५० मेगावाट बिजुली आयात गरिने भएकाले यसपटक हिउँदमा लोडसेडिङ १२ घन्टाभन्दा बढी हुने छैन,’ क्षेत्रीले भने ।

    प्राधिकरण्ाले टनकपुर-महेन्द्रनगर प्रसारण लाइनबाट समेत थप १० मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतीय कम्पनी (पीटीसी) ले प्राधिकरण्ालाई भारतीय राज्य छत्तीसगढको पावरहाउसबाट उत्पादित ३० मेगावाट बिजुली टनकपुर-महेन्द्रनगर प्रसारण लाइनबाट दिने प्रस्ताव गरेको छ । टनकपुर-महेन्द्रनगर प्रसारण लाइनमार्फत भारतबाट टनकपुर विद्युत् आयोजनाबाट नेपालले पाउने निःशुल्क बिजुली (७ करोड युनिट)

    बाहेक अघिल्लो वर्ष प्राधिकरणले २० मेगावाट विद्युत् आयात गरेको थियो । यस वर्ष उक्त प्रसारण लाइनमार्फत प्राधिकरणले भारतबाट थप १० अर्थात ३० मेगावाट बिजुली आयात गर्ने भएको छ ।

    पीटीसीले उक्त प्रसारण लाइनबाट सस्तो मूल्य अर्थात प्रतियुनिट ६ रुपैयाँ  (भारु ३.७५) मा विद्युत् दिने प्रस्ताव गरेको छ । प्राधिकरण सञ्चालक समितिको केही दिनअघि बसेको बैठकले टनकपुरबाट पीटीसीमार्फत ३० मेगावाट बिजुली खरिद गर्ने निण्र्ाय गरी व्यवस्थापनलाई प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिइसकेको जानकारी स्रोतले दिए । स्रोतका अनुसार पीटीसीसित उक्त लाइनबाट थप बिजुली ल्याउने प्रक्रियासमेत अन्तिम चरणमा पुगेको छ ।

    कटैया-कुसाहाबाट ८० मेगावाट मात्र आयात गर्दै आएकामा यस वर्ष प्रसारण लाइनको स्तरोन्नति गरी १ सय ५० मेगावाटसम्म बिजुली ल्याउने योजना प्राधिकरण्ाको छ । बाँकी बिजुली अघिल्लो वर्ष झैं नेपाल-भारतबीच विभिन्न नाकाका ३३ केभी प्रसारण्ा लाइनबाट आयात गरिनेछ । प्राधिकरण्ाले कटैया-कुसाहा र टनकपुर-महेन्द्रनगरबाहेक रामनगर, वीरगन्ज, इनरुवा, राजविराज, सिराहा, जलेश्वर, भैरहवा र नेपालगन्ज नाकाबाट ३३ केभीको प्रसारण्ा लाइनबाट समेत थोरै परिमाणमा भए पनि बिजुली आयात गर्दै आएको छ ।

    @कान्तिपुर