हात्तिले टाबरमा क्षति पुर्याउँदा विद्युत आपूर्तिमा अवरोध

    1379

    कुसुम र कोहलपुरका बीच समशेरगञ्जा नजिक पर्ने १३२ के.भी. डबल सर्किट
    सस्पेन्सन टाइप प्रसारण टावरलाई जंगली हात्तीले क्षति पुर्याेएका कारण
    विद्युत प्रसारण हुन नसकी सुदूर-पश्चिाम र मध्य-पश्चिकमका विभिन्न
    एरियामा नियमित विद्युत आपूर्तिमा केही अवरोध पैदा भएको छ ।
    उक्त टावर नं. ४८५ क्षतिग्रस्त भएपश्चाोत् सो संरचनाबाट विद्युत प्रवाह
    हुने १३२ के.भी. सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र
    कोहलपुरमा नेपालबाट उत्पादित विद्युत प्रवाह गर्न सकिने अवस्था नरहेकोमा
    भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने विद्युतमात्र प्रवाह भइरहेकाले ती
    सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने विभिन्न क्षेत्रहरुमा पिक आवरका
    समयमा करिब १५ मेगावाट विद्युत अपुग भई केहीबेर विद्युत कटौती गर्नुपर्ने
    वाध्यता सिर्जना भएको व्यहोरा अनुरोध गर्दछौं ।

    टावरको वास्तविक क्षति जाँचगरी नयाँ टावर जडान वा अस्थायी व्यवस्था
    मिलाउन प्राविधिक टोली परिचालन गरी सकिएको छ । उक्त ठाउँमा
    अस्थायी/स्थायी व्यवस्था अविलम्ब मिलाई विद्युत आपूर्ति नियमित बनाउन
    नेपाल विद्युत प्राधिकरण कटिबद्ध भई लागिपरेको व्यहोरा जानकारी गराउँछौं

    यसबाट सम्बन्धित ग्राहकहरुमा पर्न गइरहेको असुविधाप्रति नेपाल विद्युत
    प्राधिकरण क्षमायाचना गर्दछ ।